संझनामा एउटा तिहार : By, मीरा मन थापा

 औंशीको कालो रात धर्तिभरि अँध्यारो पोख्नमा निकै व्यस्त थियो ! यता यो बाल मन मस्तिष्कभरि जून पोखिएको थियो चारैतिर झिलिमिली रंगीचंगी उज्यालो नै उज्यालो यो उज्यालोमा उफ्रँदै रमाउँन कति मन हुन्थ्यो कति तर रातमा घरबाट बाहिर जानको लागि अनुमति थिएन थापा निवासमा पहिले देखीनै बिग्रन्छन भनेर हो या बिरामी हुन्छन भनेर यसै भन्न सक्दिन ! 

 तर मलाई यी र यस्ता कुराहरूमा बिद्रोह गर्न मन लाग्थ्यो किन सानो मान्छेको चाहिँ मन हैन र? उसका रहरहरू चाहिँ रहर हैनन् र ? किन बन्दि बनाईन्छ किन स्वतन्त्रता हुँदैन सानो मान्छेलाई प्रायः घरमा म भित्र भित्रै आन्दोलित हुन्थेँ ! भन्न खोज्थें बुबाआमा सँग तर सानो मान्छे कहाँ सम्भब थियो म मुर्मुरिएर बस्थें कुनामा ! केहि बोलौ काँनबटारे पाइन्नथ्यो यहि डरले संधै चुप ! त्यसकारण पनि भैली खेल्न साँझमा लुसुक्क भाग्नु बाध्यता थियो ! 

साँझमा लक्ष्मी पुजा नगरी घरबाट निस्किए त झन बबाल घर फर्केर आउन नपाईने आएपनि रामधुलाई भेटेर ३ दिन ओछ्यानमा लड्नुपर्ने यो बाध्यता गाउँघरमा अरुपनि केहि परिवारमा थियो ! लक्ष्मी पुजा सकेर निस्किँदा भने अलि हल्का हुन्थ्यो जसोतसो लक्ष्मी पुजामा बसिन्थ्यो फूल बोकेर नमस्कार गर्दै शरिर मात्र त्यहाँ हुन्थ्यो मन त गाउँमा घन्किने देउसुरे र भैली सँगै ! पुजा सकेपछिकहिले पेट दुख्यो भनेर त कहिले उ त्यहाँ आँगनको एउटा दियो निभेछ भनेर बहाना बनाएर साईत हेरेर टाप ! ३ जना साथीहरू अगिनै मेरो घरछेउको पैनीमा आएर पर्खिरहेका थिए ! 

नजिकै रहेको पौडेलको र चौहानको घर हाम्रो पहिलो टार्गेट हुन्थ्यो त्यहाँ बाट हामीलाई त्यहाँ बाट १/१ रुपयाँ प्राप्त हुन्थ्यो ! त्यसपछी नजिकैमा ढेना सतारको घरमा जान्थ्यौ जांडको सुरमा उसले पनि १ रुपयाँ र उसिना चामल दिन्थ्यो अनि त्यहिँ उसिना चमाल खाँदै गाउँमा भएका सबै घर भ्याउथ्यौ ! सुरुको जोशमा जोडजोडले कराएर भैलेनी ,,,,,,,,भैलेनी भन्दै गाउँ थर्कैन्थ्यो १२ बजे सम्ममा थाकेर दुखले बिस्तारै भैलेनी ......
भैलेनी भन्दा भन्दै सुबेदीबाजे को घरमा पुग्दा १ बजेछ ज्यान गरेको थियो घांटी दुखेको निद लागेको मान्छे पनि उठ्न अल्छी गरे हामी पनि भट्याउँदा भट्याउदै ओइलाएछौ कौशीमा यसो बसेका थियौ भट्याउने बेलाबेला भट्याउदै थियो हामी भैलेनी ,,,,,,,,,,,,,भै...............ले ........................नि .,,,,भैईईईईईईईईई ,,,,,,,,,,,,,,ले ,,,,,,,,,,,,,,,,,,,,,,,,भ ...........ले ..................ओइले ............ओईईईईईई ...

 भन्दा पनि मान्छे उठेनन त्यहिँ आँगनमा छरपस्ट लडेछौ! बिहान मात्र थाहा पायौ घर आउँदा कुटाइको बजार लाग्यो मेरो घरमा अरुकोमा काँण बटारे सम्मको ब्यबस्था भएछ! हे हे हे यसरी चारैजना भैलेनीबाट सुरु गरेका ओइलेनी सम्म पुग्यौ ! धेरै बर्ष बितेपनि ति यादहरुले हरेक तिहारमा जिस्क्याएर जान्छन एकछिन भएपनि हंसाएर जान्छन ! 

 खुशि लाग्छ आज पनि ति साथीहरू सँग भेट्दा पटक पटक यो कुरा हुन्छ त्यो र ति तिहारहरू सम्झन्छौँ अनि यी तिहारहरू मनाउछौ ! दिपावलीको हार्दिक मङ्गलमय शुभ कामना ति मेरो प्यारा साथीहरू दुर्गा कार्की र झल्का भट्टराई देबी भण्डारी लगाएत विश्वभर छरिएर रहनु भएका सम्पूर्ण चेली अनि मेरा माइतीहरूलाई यो परदेशी चेलीको सप्तरंगी टिका र आशिर्वाद !


मीरा मन थापा :
झापा मैधार :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com