काठमाडौं, कार्तिक २७ ,
एड्वन नेपालकी अध्यक्ष विष्णुमाया परियारलाई अमेरिकाको बोस्टनस्थित पाइन् म्यानोर कलेजले सम्मानार्थ पदवी दिने घोषणा गरेको छ ।
संस्था मार्फत नेपालका दलित तथा विपन्न समुदायका महिलाको उत्थानका लागि गरेको कार्यको मूल्यांकन गर्दै पदवी प्रदान गर्न लागिएको जारी विज्ञप्तिमा उल्लेख छ ।
सन् २०१३ मे १२ तारिखमा हुने कलेजको दीक्षान्तमा सम्मान कार्यक्रम हुनेछ । अध्यक्ष एलेन एस हुरविट्जद्वारा जारी विज्ञप्तिमा भएको छ, 'परियार एक अनुकरणीय व्यक्ति तथा मानवताको दूत हुन्, पाइन् म्यानोर कलेज यो विशेष दिनमा यस्ता व्यक्तिलाई सम्मान तथा सराहना गर्न चाहन्छ ।'
एड्वनले १० हजारभन्दा बढी नेपालका दलित, गरिव तथा सीमान्तकृत बालबालिकाका लागि विद्यालय स्थापना गर्नुका साथै छात्रवृत्ति प्रदान गर्दै आएको छ । सय वर्ष पूरा गरेको यस विद्यालयले प्रदान गर्ने सम्मान पाउने विष्णुमाया पहिलो नेपाली हुन् ।इकान्तिपुर;
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै