यसपालीको तिहारमा,आउन पाइन दिदी
सप्त रङ्गी टीका पनि,लाउन पाइन दिदी
मिठाई र सेल पुरी,पकाएर टन्नै
भाइ बहिनी सँगै बसी,ख्वाउन पाइन दिदी
झिलिमिली सिंगारेर,दीपावली घरमा
सबको मनमा रमाइलो,छाउन पाइन दिदी
साथी भाइ मिलिजुली,हाँस खेल गर्दै
खुसी हुँदै देउसी भैलो,गाउन पाइन दिदी
वियोगले तड्पिएका,कथा व्यथा भन्दै
रुँदै रुँदै आँशु पनि,च्वाउन पाइन दिदी
मान्छे भयौँ दुइतिर,हाम्रो यौटै मुटु
पराइ झैं भएँ,मुख बाउन पाइन दिदी
कोमल भट्ट , पुरानो नैकाप,काठमाडौँ
हाल :-रोचेस्टर ,न्युयोर्क