दुइ गजल : By, Bina Tamang ( Sungabha)

१,

ए फूल तँ फुलिदे ए हावा तँ चलिदे
फुल्यो फुल चल्यो हावा ए पात हल्लिदे

ऋतुहरुको रिमझिमसंगै झुल्छ लहरा
उसैगरि झुल्दै झुल्दै ए फल तँ फलिदे

वैंशसंगै रस भर्छ फूलसंगै भमरा
स्वार्थी छ है जानेर त्यो भमरा छलिदे

फुल्नु फुल्यौ चल्नु चल्यौ समय सकियो
फुल्नु झर्नु नियम हो नि तँ पनि झरिदे

२,
आजभोली जीन्दगी यो खुबै मिठो लाग्न थाल्यो
तिम्रो साथ पाए देखि दु:ख दर्द भाग्न थाल्यो

बादल थियो आकाशमा आज आफै फाटी गयो
कोपिलाथ्यो मन्का इच्छा फक्रिएर फुल भयो
त्यहि इच्छा तिम्लाई भेट्न डाँडाकाँडा नाघ्न थाल्यो
तिम्रो साथ पाए देखि दु:ख दर्द भाग्न थाल्यो

एक्लोथें म हिजो सम्म बाँच्न पनि दिक्क लाग्थ्यो
दुनियाँ नै रङ्गाउने सारा रङ्ग फिक्का लाग्थ्यो
बाँच्ने रहर बढ्दै आई जीन्दगी यो माग्न थाल्यो
तिम्रो साथ पाए देखि दु:ख दर्द भाग्न थाल्यो

आजभोली जीन्दगी यो खुबै मिठो लाग्न थाल्यो
तिम्रो साथ पाए देखि दु:ख दर्द भाग्न थाल्यो

बिना तामाङ 'सुनगाभा'
काठमाण्डौं

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com