दुइ महिना देखि कोरियाको बन्दि गृहमा एक नेपालि

सोल (दक्षिण कोरिया)-, कार्तिक २९ ,

देबेन्द्र सम्बाहाम्फे ;- भैरहवाका सन्दीप सुनार दुई महिनादेखि कोरियाको ख्यङगीदो ह्वासङ बन्दी गृहमा छन् । त्यस क्षेत्रमा रहेको आल्मुनियमसँग सम्बन्धित कम्पनीमा अवैधानिक रूपले काम गर्दा गर्दै उनी अद्यागमन विभागका कर्मचारीबाट दुई महिनाअघि पक्राउ परेका हुन् । 

मंगलबार फोनमा दिएको जानकारीअनुसार उनलाई थेगु सहरमा रेस्टुरेन्ट सञ्चालन गरेर बसेका भइरहवकै प्रकाश सुनारले ४ लाख १० हजार रुपैयाँ लिएर २०१० को फेब्रुवरी महिनामा कुक भिसामा यहाँ ल्याएका थिए । 

छाङवन, थेगु र बुसानका आफना रेस्टुरेन्टमा प्रकाशले काम लगाएको भए पनि ६ महिनाको तलबभत्ता नदिएपछि र भिसा नवीकरण नगरेपछि २०११ को फेब्रुवरीमा रेस्टुरेन्ट छोडेर अवैधानिक हुन बाध्य भएका थिए । अवैधानिक भएपछि कहिले साथीहरूसँग र कहिले मोटेलमा बस्दै आएका सुनार साथीको सम्पर्कबाट गत मार्च महिनाबाट उक्त कम्पनीमा पुगेका थिए । सँगै पक्राउ परेका कपिलवस्तुका रवीन्द्र चौधरी भने पक्राउ परेको एक हप्तामै नेपाल फर्किसकेका छन् । 

सन्दीप भने रेस्टुरेन्ट सञ्चालक प्रकाश सुनारबाट आफ्नो पाउदार करिब ५ लाख १० हजार रुप्ौयाँ लिएर मात्र घर जाने भन्दै बन्दीगृहमा दैनिकी बिताइरहेका हुन् । रेस्टुरेन्ट सञ्चालक प्रकाश भने पीडित सुनारलाई आफूले दिनुपर्ने रकम बाँकी नभएको भन्दै प्लेन टिकटसम्म लिइदिने कुरा गरेका छन् । साइनोमा प्रकाश र सन्दीपको मावली दाइ हुन् । विगत एक हप्तादेखि आफू बिरामी रहेको समेत बताएका २५ वषर्ीय सुनारले कोरिया आउँदा लागेको खर्च अझै २ लाख रुपैयाँ तिर्न बाँकी रहेको बताए । उनले बाँकी रहेको आफ्नो पारिश्रमिक उठाइदिन सोलस्थित नेपाली राजदूतावास र नेपाल कोरिया व्यापार संघका अध्यक्ष मदन केसीसँग पटक-पटक अनुरोध गरेको पनि बताए । 

अध्यक्ष केसीले रेस्टुरेन्ट सञ्चालकहरूले कुकबाट त्यसरी अनुचित रकम लिनु कानुनविपरीत रहेको बताउँदै पीडित सुनारको रकम फिर्ता गराउन आफूले पहल गरिरहेको बताए । यसै विषयलाई लिएर नेपाली दूतावासका उपनियोग प्रमुख राजाराम बर्तौलाले पटक-पटक सम्पर्क फोन गरे पनि प्रकाश सम्पर्कमा नआएको बताए । यसअघि सहचारी तुलसी कोइराला प्रकाशलाई भेट्न थेगुसम्म पुगे पनि उनले भेट्न दिएका थिएनन् । रेस्टुरेन्ट सञ्चालक प्रकाशको नेपालमा श्रीमती र दुई छोरा छन् भने कोरियामा पनि ली हाना नामकी कोरियन केटीसँग विवाह गरेर एक छोरी रहेका छन् । 

ती सबै रेस्टुरेन्ट कोरियन श्रीमतीको नाममा रहेको छ । उनले सन्दीपलाई मात्र होइन अरू दुई नेपालीलाई पनि यसरी नै ठगी गरेको खुल्न आएको छ । जसअनुसार रामेछापका हरिबहादुर -टहल) थापा मगर र नुवाकोटका दिल तामाङलाई पनि यसरी ठगिएका हुन् । ती रेस्टुरेन्टहरूमा १५ महिना काम गरेपछि आमाको स्वास्थ्यका कारण नेपाल फर्केका थापा मगरले प्रकाशसँग -६२ लाख वन) करिब ४ लाख ३५ आफ्नो पाउदार रहेको बताए । 

हाल रामेछापमा रहेका थापा मगरले मंगलबार कान्तिपुरसँग फोनमा बोल्दै कुक भिसा मिलाइदिएबापत प्रकाशले आफूसंँग ३ लाख ५० हजार रुपैयाँ लिएको पनि बताए । आफूले बाँकी पारिश्रमिक पाउनका लागि कानुनी कागजसमेत गुल्मीका सञ्जय अर्यालमार्फत कोरिया पठाए पनि प्रकाशबाट कुनै सुनुवाइ नभएको बताए । प्रकाशले नुवाकोटका दिल तामाङबाट समेत कुक भिसा बनाइदिएबापत ३ लाख लिएका थिए । प्रकाशले राहदानी र परिचयपत्र खोसी दिएपछि तामाङ अवैधानिक हुन बाध्य भएका थिए ।इकान्तिपुर;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com