कैलालीको गेटा गाविसका बासिन्दा बायो ग्यास प्रति आकर्षित

कैलाली, कार्तिक २०,

कैलालीको गेटा गाविस वडा नम्बर ३ मनहरा टोलका बासिन्दा बायो ग्यास प्रति आकर्षित भएका छन् । कुल ४५ परिवारमध्ये ३८ घरपरिवारले बायो ग्यास प्रयोग गर्न थालेका हुन् । अन्य ७ घरपरिवारसमेत बायो ग्यास निर्माणको क्रममा छन् ।

टोलका अधिकांश बासिन्दाले बायो ग्यास प्रयोग गर्न थालेपछि मनहरालाई वैकल्पिक उर्जा नमुना गाउँ घोषणा गरिएको छ । बायो ग्यासको प्रयोगले विभिन्न रोगबाट बच्नुका साथै समयको बचत गर्नुका साथै वन जंगलसमेत जोगिएको छ । टोलका सबै घरपरिवारले दाउराका लागि जंगल जान छोडेका छन् ।

सामुदायिक वन समन्वय समिति मोहना, ऐश्वर्य महिला सामुदायिक वन र पश्चिमी तराई भुपरिधि विकास आयोजनाले मनहराका बासिन्दालाई बायो ग्यासतर्फ आकर्षित गराएको हो ।

आर्थिक रुपमा कमजोर रहेका घरपरिवारलाई बायो ग्यास जडानका लागि सामुदायिक वनले ऋण सहयोग समेत गर्दै आएको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com