रौतहट, मङ्सिर ५,
युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरी अनुसन्धान थालेको छ। गएको शनिबार साँझ चन्द्रनिगाहपुर गाविस वडा नं १ घर भएका २६ वर्षीय कृष्णबहादुर दर्लामीले महोत्तरी जिल्ला घर भएकी १९ वर्षीया एक युवतीसँग यौन सम्पर्क राखेको बताइएको छ।
युवतीले आफूलाई जबर्जस्ती करणी गरेको किटानी जाहेरी दिएपछि दर्लामीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक शेष अदालतले जानकारी दिए।
पीडित युवतीको स्वास्थ्य परीक्षणमा करणी गरेको पाइएको र पीडक युवकमाथि जबर्जस्ती करणी ऐनअन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ। रासस
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै