पूर्ण विके ;- ग्रामीण पर्यटनलाई टेवा पुर्याउने भन्दै अघिल्लो आइतबार साँझ बन्दीपुरमा पोखराका एक दर्जन मोडलले फेसन शो गरे।
फेसन शोमा क्रियाशील संस्था ब्लु कार्पेटको संयोजनमा पोखरेली मोडलहरू गर्मी मौसममा पहिरिइने पहिरनमा प्रस्तुत भएका थिए।
उक्त फेसन शोमा मोडलहरू प्वाँख, नेपाली राष्ट्रिय झन्डा, कार्पेटबाट निर्मित कपडा पहिरिएर सहभागी भएका थिए। उक्त फेसन शोको बन्दीपुर होटल संघ र बन्दीपुरस्थित चन्डेनी पीपलथोक होमस्टेले स्थानीय स्तरमा व्यवस्थापन गरेका थिए।
'फेसन टुर' नाम दिएर ब्लु कार्पेटले बन्दीपुरबाट सुरु गरेको फेसन शोबाट आफूहरू उत्साहित भएको ब्लु कार्पेटका कोरियोग्राफर आशिष श्रे ष्ठले बताए। श्रेष्ठले छिट्टै गोरखा र सौराहामा समेत फेसन शो गरिने जानकारी दिए।
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै