कार्तिक १९,
सिरहाको सीमावर्ती गाविस इनर्वाबाट १७ दिन अगाडि अपहरणमा परेका दुईजना अपहरणकारीको कब्जाबाट भाग्न सफल भएका छन् ।
इनर्वा गाविस–२ का २० वर्षीय दिनेश महतो र उहाँको बहिनी ज्वाइँ सप्तरीको राजविराज घर भएका सुशील महतो कात्तिक २ गते राति अज्ञात समूहको अपहरणमा परेका थिए ।
उनीहरु अपहरणकारीको कब्जाबाट भागेर भारतको बिहारमा पर्ने खुटौनास्थित प्रहरी चौकीमा पुगेका थिए ।
भारतीय प्रहरीले आज बिहान नेपाल प्रहरीलाई जानकारी गराएपछि त्यहाँबाट वडा प्रहरी कार्यालय लहानमा ल्याएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक राजकुमार शाहीले बताउनुभयो ।
अपहरणकारीहरुले छोरा दिनेश र ज्वाइँ सुशीललाई सुई लगाएर भारतको अज्ञात स्थलमा राख्दै आएको अपहरित दिनेश महतोका बुबा रामदेवले बताउनुभयो । उहाँले छोरालाई अपहरणकारीले निर्घात कुटपिट गरेको बताउनुभयो ।
अपहृत दिनेश लहानस्थित जेएस बहुमुखी क्याम्पसको बिएड दोस्रो वर्षमा अध्ययनरत् छन् । उनी दसैँ मनाउन घर गएकै दिन आफ्नै बहिनी ज्वाइँ सुशीलसँगै अज्ञात समूहको अपहरणमा परेका थिए ।
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै