काठमाण्डौ कार्तिक २३,
आदिवासी हजुरआमाहरूको १२ औं अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि राजधानीमा सुरु भएको छ । सम्मेलनको आज साँझ साढे ५ बजे उप राष्ट्रपति परमानन्द झाले उद्घाटन गर्नुहुने कार्यक्रम छ ।
आदिवासी हजुरआमाहरूको अन्तर्राष्ट्रिय परिषद्को आयोजनामा यो सम्मेलन नेपालमा पहिलोपटक हुन लागेको हो ।
सम्मेलनमा ब्राजिल, अमेरिका, जापान, भारत, तिब्बतसहितको देशहरूबाट १३ जना हजुरआमाहरूकोसहभागिता रहने आयोजकले जनाएको छ ।
नपालबाट आमा बोम्बो बुद्धिमाया तामाङले सहभागिता जनाउनुहुने भएको छ ।सन् २००४ मा स्थापना भएको परिषद्ले पहिलो सम्मेलन २००४ मा अमेरिकामा भएको थियो ।
विश्वका आदिवासीहरूको संस्कृति, भाषा, धर्मलगायतका ज्ञानसीपका कुरा संरक्षण जस्ता विषयमा नयाँ पुस्तालाई जोड्ने उद्देश्यले सम्मेलन हुन लागेको आयोजकले जनाएको छ ।
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै