२१ करोड सम्पति कुकुरको नाममा

इटलीकी एक महिलाले आफ्नो सम्पूर्ण सम्पत्ति अर्थात् करिब २१ करोड रुपैयाँ आफ्नो घरमा पालेको एक कुकुरको नाममा राखिदिएकी छिन्।

८४ वर्षीया ती महिला आफ्ना छोरी र नातिनातिनाहरूसँग कसान्टा सहरमा बस्दै आएकी छिन्। उनले वारिसनामामा आफ्नो मृत्युपछि शंकर प्रजातिको कुकुर 'किक्को' आफ्नो नामको घरजग्गा, घडेरी तथा बैंक खाताको मालिक बन्ने कुरा उल्लेख गरेकी छिन्।

वृद्ध महिलाका वकिल लुसिया एस्पोसिटोका अनुसार उनले आफ्नो पतिको मृत्युलगतै उक्त निर्णय लिएर आफ्नो वारिसनामामा हस्ताक्षर गरेकी थिइन्। इटलीको कानुनमा पाल्तु जनावरलाई सम्पत्तिको वारिस बनाउने कुनै प्रावधान छैन।

त्यसैले जो आफ्नो पाल्तु जनावरलाई सम्पत्तिको वारिस बनाउन चाहन्छन्, उनीहरूले सरकारी निकायका कर्मचारीलाई आफ्नो सम्पत्तिको रेखदेख गर्ने अधिकारीका रूपमा नियुक्ति गर्नुपर्छ। समाचारअनुसार वकिल लुसिया एस्पोसिटोले उक्त जिम्मेवारी पाएकी छिन्।साप्ताहिक;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com