सिजी इलेक्ट्रोनिक्स कम्पनीमा लागेको आगो १६-घण्टा पछी नियन्त्रणमा अरबौंको क्षति Watch Video...

काठमान्डू , अस्विन २९,

१६ घण्टा पछि सिजी इलेक्ट्रोनिक्स कम्पनीको आगो नियन्त्रणमा अरबौंको क्षति काठमाडौं,असोज २९ । काठमाडौंको सतुङगलमा रहेको सिजी इलेक्टोनिक्स कारखानामा लागेको आगो नियन्त्रणमा आएको छ ।

तर पूर्ण रुपमा नियन्त्रमा आउन अझै केही समय लाग्ने महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रहरी निरीक्षक सुरेशकुमार साहले जानकारी दिनुभयो । आइतबार बेलुकी साढे पाँचबजेतिर लागेको आगो प्रहरी र स्थानीय बासिन्दाले रातभर लगाएर निभाएका हुन् ।

आगो निभाउन दमकल र खानेपानीका ट्याङ्करको पनि प्रयोग गरिएको हो । अहिले पनि ट्याङ्करको सहायतामा पानी हाल्ने काम भैरहेको छ । चौधरी ग्रुपले सञ्चालन गरेको यो कम्पनीले रेफ्रिजेरेटर, टेलिभिजन, मोवाइल लगायतका इलेक्ट्रोनिक्स सामान जोड्ने गरेको थियो ।

आगलागीबाट झण्डै दुई करोडको रुपैंयाको क्षति भएको अनुमान गरिएपनि यकीन विवरण संकलन भएको छैन । कम्पनीले विद्यूत सर्ट भएर आगो लागेको बताएको छ भने प्रहरीले त्यसबेला सतुंगल क्षेत्रमा लोडसेडिङ रहेकाले आगलागीको कारण थाहा हुन नसकेको जनाएको छ ।

स्थानीय बासिन्दाले आगो लागेको थाहा पाउनासाथ नियन्त्रणका लागि आफूहरु गएपनि कम्पनीका मान्छेले ढिलासुस्ती गरेको आरोप लगाएका छन् ।

.........................Watch.......Video...............
 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com