ए नारी! तिमी साँच्चै कम्जोर हौ र !
आधा धर्ति उठाएकी सृश्ति ठूलो बोझ बोकेकी |
ए नारी! तिमी साँच्चै कम्जोर हौ र !
घरलाई स्वर्गमा रुपान्तरण गरेकी
जुन मृत्यु पर्यन्त मात्र पाइन्छ |
कडा र खस्राहरुलाई नरम र मुलायम बनाएकी |
ए ! नारी तिमी साँच्चै कम्जोर हौ र !
ठूलो आरोप छ त तिमी माथि
आफैले गर्दा तिमी पछी पर्यो रे महिलाको खुट्टा,
महिलाले नै काट्छेउ रे
कर्तब्य पूरा गर्न छाडी अधिकार मात्रै मागछेउ रे
यहि नपाएर तिमी रन भुल्लमा छौ रे ! ए !
नारी यहि सत्यता हो र तिमी कम्जोर भएकी हौ ?
बाहिर रक्सीको बिरोध गर्दै भित्र रक्सि पारेर बेच्छेउ रे
घरेलु हिंसा हटाउन भनि समुह समिति र संस्था खोल्छेउ रे |
सासु बुहारी देउरानी जेठानी धावा बोल्छौ रे |
घरलाई टुक्रा टुक्रा बनाउछेउ रे ए नारी !
यहि सत्यता बोकेर तिमी पछी परेकी हौ र !
घरमा आउँदा महिला संधै हाँसिदिनु पर्छ
पाउना आए भने पनि रमाई दिनु पर्छ
सर सफाई र मुखमा कान्ति छरी दिनु पर्छ |
पर स्त्री संग देखे पनि लुकाई दिनु पर्छ
ए नारी तिमी यहि गर्दिनौ र पछी परेकी हौ र ?
कि तिमी रातमा पनि जागेकी छौ !
बैसालु पुरुषको मनोरंजन तिर |
बरषौटे बच्चाको रखबारी तिर |
बिहान सुत्न पाउदिनौ ? कच् कचे सासुको खबरदारी देखेर |
आशु पुछेर निल्छेउ आफ्नो दुखलाई |
शाखा सन्तानलाई उकेल्छन कस्ताकी छोरी भनेर |
सहन सक्दिनौ कत्ति पनि अनि निस्किन्छेउ रन चण्डी बनेर |
ए! नारी तिमि यहि ब्यबहारमा फसेर कमजोर भएकी हौ ?
आज तिमीले यो न्यायालयको कठघरामा उभिएर सत्य बोल्नु पर्छ |
तिमि बलियो छौ कि निर्धो छौ ?
तिमि सक्षम छौ कि असक्षम छौ ?
तिमि बिना यो संसार सम्भब छ कि छैन ?
तिमि बिना कुनै पनि घरमा मन्दिर बल्छ कि बल्दैन ?
के तिमीलाई अबसरको जन्जीरले समातेको छ कि !
होइन भने किन बहन्छ यो शसक्तिकरणको धारा ?
विकास बनेर, अधिकार बनेर आपसमा झगडा बनेर उत्तर खोज्नु छ |
ए नारी तिमि साँच्चै कमजोर हौ र !
प्राय पुरुष हरु भन्ने गर्छन
घरमा आउँदा महिला संधै हाँसिदिनु पर्छ
पाउना आए भने पनि रमाई दिनु पर्छ
सर सफाई र मुखमा कान्ति छरी दिनु पर्छ |
पर स्त्री संग देखे पनि लुकाई दिनु पर्छ
ए नारी तिमी यहि गर्दिनौ र पछी परेकी हौ र ?
कि तिमी रातमा पनि जागेकी छौ !
बैसालु पुरुषको मनोरंजन तिर |
बरषौटे बच्चाको रखबारी तिर |
बिहान सुत्न पाउदिनौ ? कच् कचे सासुको खबरदारी देखेर |
आशु पुछेर निल्छेउ आफ्नो दुखलाई |
शाखा सन्तानलाई उकेल्छन कस्ताकी छोरी भनेर |
सहन सक्दिनौ कत्ति पनि अनि निस्किन्छेउ रन चण्डी बनेर |
ए! नारी तिमि यहि ब्यबहारमा फसेर कमजोर भएकी हौ ?
आज तिमीले यो न्यायालयको कठघरामा उभिएर सत्य बोल्नु पर्छ |
तिमि बलियो छौ कि निर्धो छौ ?
तिमि सक्षम छौ कि असक्षम छौ ?
तिमि बिना यो संसार सम्भब छ कि छैन ?
तिमि बिना कुनै पनि घरमा मन्दिर बल्छ कि बल्दैन ?
के तिमीलाई अबसरको जन्जीरले समातेको छ कि !
होइन भने किन बहन्छ यो शसक्तिकरणको धारा ?
विकास बनेर, अधिकार बनेर
आपसमा झगडा बनेर उत्तर खोज्नु छ |
ए नारी तिमि साँच्चै कमजोर हौ र !
शारदा पाठक, जाजरकोट :