मेक-अप चाडबर्वमा

हिमालक्स्मी सिलवाल :- चाडपर्वमा हरेक महिला दुलहीझैं सजिन्छन् । रातो रंगपछि हरियो, पहंेलो र गुलाबी रंग उनीहरूको प्राथमिकतामा पर्छन् । मेकअप गर्दा सबैभन्दा पहिले अनुहारमा क्लिन्जिङ गर्नुपर्छ । त्यसपछि टोनर तथा छालाको प्रकृति हेरेर मोस्चराइजर र सनब्लक लगाउन सकिन्छ अनि प्राइमर लगाउनुपर्छ । यसले मेकअपलाई भित्री भागमा छिरेर छालालाई खराब गर्नबाट बचाउँछ ।

अनुहारको छालासँग मिल्ने रंगको फाउन्डेसन लगाउनुपर्छ । त्यसपछि कम्प्याक्ट पाउडर प्रयोग गर्नुपर्छ । तीज र दसंै दुवैले रातो रंगको प्रतिनिधित्व गर्ने चाड भएकाले सकेसम्म सोर्‍ह शृंगार नै गर्नुपर्छ । त्यसमा पनि रातो रंग पहिलो रोजाइमा पर्छ । त्यसपछि आइब्रोलाई कालो पेन्सिलले सेप दिनुपर्छ । आइस्याडो पनि रातो नै हुनुपर्छ । गाजल अनुहारको आकारअनुसार लगाउनुपर्छ । लाम्चो अनुहार छ भने कोष तान्नु हुँदैन । गोलो अनुहार भएकाहरूलाई कोष तानेको सुहाउँछ । सामान्य अनुहार भएकाहरूले भने दुवै शैली अपनाउन सक्छन् । त्यसपछि मस्कारा प्रयोग गर्ने र आइकलले परेला फर्काउने तथा एकपटक फेरि मस्कारा प्रयोग गरी आइकलले हल्का टच गर्नँपर्छ । यसो गर्नाले परेला बाक्लो र कालो देखिन्छ । अनुहारलाई प्राकृतिक रूप दिन ब्रसको सहायताले रोज लगाउन सकिन्छ ।

ओठको आकार हेरी लिपिस्टिक रोज्नुपर्छ । ठूलो ओठ हुने महिलाहरूले गाढा रातो रंग, सानो ओठ हुनेले पनि गाढा रातो तर सामान्य ओठ हुनेले हलुका रातो रंगको प्रयोग गर्नुपर्छ । रातो रंगको पेन्सिल पनि प्रयोग गर्न सकिन्छ । अविवाहिताहरूले हल्का रातो ग्लस पनि लगाउन सक्छन् । अनुहार र शरीरका अन्य भाग घाँटी, पाखुरा, हात कानको रंग नछुट्टयिोस् भनेर सबैतिर फाउन्डेसन लगाउनुपर्छ । चाडपर्वमा नाचगान गर्दा, मन्दिर जाँदा, अन्य काम गर्दा पसिना आउन अथवा अरू कारणले मेकअप पुछिन नदिन मेकअप हर्बल स्प्रे प्रयोग गर्न सकिन्छ ।

अविवाहिताहरूले हल्का कर्ली गरेर केश छोड्न सक्छन् । विवाहिताहरूले रोयल नट, प|mेन्स नट, चाँदनी, साइड वन जस्ता जुरो बनाउन सक्छन् । जुरोमा सानो रोज प्रयोग गर्न सकिन्छ । विभिन्न डिजाइनका सितारा, मोती र पोते भरेको रातो धागो पनि लगाउन सकिन्छ । विवाहिता महिलाको चाडपर्वको मेकअपमा छुटाउन नहुने सामग्री सिन्दूर पनि हो । सिन्दूरलाई सौभाग्यको प्रतीक मानिन्छ । चाडपर्वमा मन्दिर जाने, लाइन बस्ने, नाचगान गर्ने हुँदा भीडभाडमा बस्नुपर्ने हुन्छ । चाडपर्वमा गहना चोरी हुने सम्भावना बढी भएकाले नक्कली गहना प्रयोग गर्नु राम्रो हुन्छ । गहनामा श्रीबन्दी रातो पत्थर, पोते आदि सबैले रचाउँछन् । कानमा विभिन्न डिजाइनका इयररिङ, टप, झुम्का लगाउन सकिन्छ । विवाहिताहरूले घाँटीमा नेक्लेस, रातो पोते, हरियो पोतेमा छड्के तिलहरी तथा अविवाहिताहरूले मोतीको माला र सिम्पल चेन लगाउन सक्छन् ।

पहिरनमा विभिन्न जरी, स्टोन, मोती र सितारा जडित रातो साडी, ब्लाउज, कुर्ता-सुरुवाल आदि लगाउनुपर्छ । पूजा गर्न र मन्दिर जान पूर्ण मेकअपमा सजिन सकिन्छ । यस्तो समयमा व्रत र दौडधूूप बढी हुने हुँदा हिल भएका जुत्ताभन्दा रातो रंगका स्लिप र वेइज हिल उपयुक्त हुन्छन् । चाडपर्वमा घरमा बस्दा पनि मेकअपको त्यति नै महत्व हुन्छ । महिलाहरूलाई देवी भगवती तथा लक्ष्मीको रूप मानिन्छ । घरकी लक्ष्मी सजिसजाउ भइनन् भने घरको लच्छिन जान्छ भन्ने मान्यता छ भने चाडपर्वमा विभिन्न देवी-देवताको पूजा गरिन्छ । बिनामेकअप पूजा गर्न हुँदैन भन्ने मान्यता पनि छ ।

घरमा बस्दा अनुहारमा हल्का मेकअप गर्न सकिन्छ । यस्तो बेला चिप्ला साडीभन्दा कटनका राता साडी र कुर्ता-सुरुवाल लगाउनु उपयुक्त हुन्छ । हातमा सक्कली गहना लगाउन सकिन्छ । नभएको अवस्थामा नक्कली धातुका गहना, रातो र हरियो मिक्स बाला वा फरक डिजाइनका चुरा लगाए पनि हुन्छ ।

 मीना न्यौपाने, 
ब्युटिसिय सेरोमनी ब्युटिपार्लर, जावलाखेल:



हरेक चाडपर्वमा महिलाहरूको उत्साह वृद्धि हुन्छ । पर्वले सिंगारपटार गर्ने, गरगहना लगाउने एवं राम्रा पहिरन लगाएर चिटिक्क परी व्रत बस्ने, भोजभतेर तथा नाचगान गर्ने कुरा सम्झना गराउँछ  । त्यसैले पनि मेकअप पहिलो प्राथमिकतामा पर्छ । मेकअप नभए चाडपर्वको कुनै महत्व हुँदैन । हामीले आफ्नो अनुहारको आकारअनुसार मेकअप गर्नुपर्छ । 


 अनावश्यक मेकअप गर्दा अनुहारमा समस्या उत्पन्न हुन सक्छ । चाडपर्वमा विभिन्न देवी-देवताका मन्दिरमा पूजा गर्ने, दिदीबहिनी जम्मा भएर नाचगान गर्ने हुँदा मेकअप बिग्रन सक्छ । त्यसैले वाटरप्रुफ सौन्दर्य प्रसाधन प्रयोग गर्नुपर्छ । मेकअप गर्दा पहिले त क्लिन्जिङ गर्नुपर्छ । त्यसपछि आइस लगाउने र टोनर प्रयोग गर्ने अनि छालाको प्रकृतिअनुसार मोस्चराइजर लगाउने । 

घाममा लामो समय बस्नुपर्ने भए सनब्लक पनि प्रयोग गर्न सकिन्छ । त्यसपछि छालाको रंगसँग मिल्ने किसिमको वाटरप्रुफ फाउन्डेसन प्रयोग गर्नुपर्छ । कम्प्याक्ट पाउडर पनि वाटरप्रुफ नै भए उत्तम हुन्छ । त्यसपछि वाटरप्रुफ प्यानकेक लगाउनुपर्छ । विवाहिता महिलाले रातो आइस्याडो र अविवाहिता महिलाले ग्रीन र रेडको मिक्स लगाउँदा राम्रो हुन्छ । ओठको साइजअनुसार आउटलाइलिङ गर्ने र पहिरनलाई म्याच हुने गरी लिपिस्टिक प्रयोग गर्ने । 

चाडपर्वमा रातो रंगलाई प्राथमिकता दिनुपर्छ । त्यसपछि ब्रसले रोज लगाउनुपर्छ । हातमा चुरा वा बाला लगाउन सकिन्छ । अविवाहिता महिलाले हरियो र रातो चुरा लगाउनु राम्रो हुन्छ भने विवाहिताका लागि रातोले सुन्दरता थप्छ । घाँटीमा सुनभन्दा पनि नक्कली गहना लगाउनु ठीक हुन्छ । यस्ता गहना हराए पनि ठूलो नोक्सान हुँदैन । कानमा झुम्का र रिङ लगाउँदा सुनमा सुगन्ध थपिन्छ । घाँटीमा हरियो र रातो पोते, नेक्लेस एवं हरियो पोतेमा छड्के तिलहरी लगाउन सकिन्छ । 

हातमा रातो नेलपोलिस लगाउनुपर्छ । चाडपर्वका लागि हेयर स्टाइलको पनि उत्तिकै महत्व हुन्छ । त्यसैले अविवाहिता महिलाहरूले त्यसै केश छोड्नुपर्छ वा हल्का कर्ली गर्नुपर्छ । विवाहिता महिलाले सिम्पल फ्लावर जुरो बनाएर त्यसमा प्राकृतिक गुलाबका पात राख्न सक्छन् । धागोलाई डिजाइन गरेर लगाउँदा पनि सुन्दरता वृद्धि हुन्छ । जुरोमा स्टोन र अन्य फ्लावर त्यति राम्रो देखिँदैन । यतिबेला रातो रंगकै जुत्ता उपयुक्त हुन्छ । पहिरनमा रातो साडी-ब्लाउज, कुर्ता-सुरुवाल तथा पछिल्लो समयमा लेहेंगा पनि निकै जमेको पाइन्छ । (नारी )

 हिमानी सुब्बा, ब्युटिसियन एञ्जल ब्युटिपार्लर 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com