प्रगतिको पथमा नारीको पाइला

कार्तिक ११,

ओखलढुङ्गा दियालेकी कमला भट्टराई कापmले अहिले नेपालका पहाड, कुना-कन्दरा फोर्दै सडक तथा भवन निर्माणमा व्यस्त छिन्। शिक्षा शास्त्रमा स्नातक भट्टराईले सुरुका दिनमा हुलाक सेवा तथा मेलम्चीलगायतका कार्यालयमा विभिन्न पदमा रही कार्यभार सम्हालिन्। 

श्रीमान् व्यवसायी भएकैले निर्माण व्यवसायमा संलग्न कमलाले य क्षेत्रमा पदार्पण गरेको पनि अहिले १८ वर्ष पूरा भएको छ। उनले अहिलेसम्म थुपै्र सडक तथा भवन निर्माण गरिसकेकी छिन्। ३९ वषर्ीया कमलामा अदम्य साहस छ। उनी निर्माण व्यवसायका अतिरिक्त विभिन्न सामाजिक संघसंस्थामा पनि आबद्ध छिन्। यिनै कामको परिणामस्वरूप उनी यस वर्ष सर्वोत्कृष्ट महिला निर्माण व्यवसायीको अवार्ड हात पार्न सफल भइन्। उता रक्षा राणाको चुनौती स्वीकार गर्ने साहस पनि कम प्रशंसनीय छैन। त्यसो त उनले पनि आफूलाई पृथक् तथा अप्ठ्यारो पेसामा आफूलाई टिकाई राखिन्। 

नेपालकै दोस्रो महिला चलचित्र निर्देशक रक्षा राणा पर्दाको संसारमा आफूलाई सशक्त रूपमा उभ्याउने योजनामा छिन्। महिलाहरूको न्यून सहभागिता रहेको नेपाली चलचित्र क्षेत्रमा रक्षाले सम्पादन कलामा भने आफूलाई स्थापित गरिसकेकी छिन्। चलचित्रको सम्पादन सबैभन्दा जटिल प्रक्रिया हो। काठमाडौंमा जन्मिएकी राणाले यो पेसालाई विगत १२ वर्षदेखि अँगालेकी छिन्। 

हालसम्म उनले ३ दर्जन्ाभन्दा बढी चलचित्रका दृश्यमा कैंची चलाइसकेकी छिन्। चलचित्र इज्जतबाट आफ्नो यात्रा प्रारम्भ गरेकी रक्षाले चलचित्र द गेमबाट निर्देशनको श्रीगणेश गर्दैछिन्। राणाद्वारा निर्देशित सस्पेन्स थि्रलर कथामा तयार गरिएको 'द गेम' देशव्यापी रूपमा प्रदर्शनको क्रममा छ। आएका चुनौतीलाई स्वीकार गर्न नडराउने रक्षाको पोल्टामा अझ थुपै्र चलचित्र आउने अनुमान पनि गर्न थालिएको छ। 

उनको यो सफलताले नेपाली महिलाहरूलाई चलचित्र जगत्मा सहभागी हुन प्रेरणा मिल्ने कुरामा दुईमत छैन। अहिलेको युवा पुस्ता प्राथमिक शिक्षापछि विदेश जाने होड चलेका बेला रुक्मिणी थापा भने आफ्ना बुबाको जिन्स टेलर्स सम्हालेर बसेकी छिन्। ५ वर्ष पहिले +२ को अध्ययन सकेर उनी यो काममा लागेकी हुन्। 

पैसाका लागि विदेश जानुभन्दा सानोतिनो भए पनि आफ्नै देशमा काम गर्दा सफल हुनेमा उनको विश्वास छ। आफ्नो जिन्स टेलरमा १० जनालाई रोजगारी दिइरहेकी रुक्मिणी कामको खोजीमा विदेश जान चाहने युवाका लागि राम्रो उदाहरण हुन्। घर र कामलाई मिलाएर अघि बढिरहेकी थापा हरेक गृहिणीलाई फुर्सदको सदुपयोग गर्ने सुझाव पनि दिन्छिन्।नारी ;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com