कोजाग्रत पुर्णिमाको अवसरमा चिन्नेथान मेला
रोल्पा, कार्तिक १३,
रोल्पामा कोजाग्रत पुर्णिमाको अवसरमा परापूर्वकालदेखि लाग्दै आएको चिन्नेथान मेला आज पनि जारी छ । रोल्पाको दक्षिण पश्चिमि क्षेत्रको दुविडाँडा गाविस वर्डा नं.–२ मा लाग्ने चिन्नेथान मेला विगतका वर्ष भन्दा यस वर्ष दुई दिन बढी लाग्ने मेला व्यवस्थापकले जनाएको छ ।
मेलालाई व्यवस्थित गर्न स्थानिय चिन्नेथान वन उपभोक्ता समूहले यस वर्ष बृहत साँस्कृतिक कार्यक्रमको साथै खुल्ला लोकदोहरी गीत प्रतियोगिताको आयोजना गरेको छ । मेलालाई थप आकर्षण बनाउन राष्ट्रिय स्तरका कलाकारहरु पनि आएका छन् ।
रोल्पा, रुकुम, प्युठान, दाङ, सल्यान अर्घाखाँची, कपिलवस्तुलगायतका ठाँउबाट मेला अवलोकनका लागि आउने गर्दछन् ।