काठमान्डौ अस्विन २०,
भारतबाट ल्याइएका अवैध औषधि नेपालमा खुलेआम विक्री वितरण भइरहेका छन् । यौन उत्तेजना बढाउने र गर्भपतन गराउनेजस्ता औषधि नक्कली भएकाले दर्ताविना बिक्री भईरहेको औषधि व्यवस्था विभागले जनाएको छ ।
औषधि व्यवस्था विभागले चैतदेखि असारसम्म ४२ जिल्लाका दुईसय ८८ वटा औषधि पसलको अनुगमन गरेको थियो । सोही क्रममा नेपालमा दर्ता नभएका २४ भारतीय कम्पनीका २६ थरी औषधि फेला पारेको छ ।
त्यसरी भित्रिएका औषधिमा पुरुषको यौन उत्तेजना बढाउने चक्की, गर्भनिरोधक र गर्भपतनका लागि महिलाले खाने चक्की, एलर्जी भएका बेला खाने चक्की, भिटामिन तथा क्याल्सियम, अनुहारमा लगाउने क्रिम पाकेको घाउमा लगाउने मलम लागयतका छन् ।
दर्तावाला औषधिसँग नाम मिल्दोजुल्दो पारेर तयार पारिएका उक्त नक्कली औषधि अन्यको तुलनामा सस्तो भएकाले तिनीहरुकै बढी विक्री वितरण हुनेगरेको पाइएको छ ।नेपल्ब्रितैन
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै