बगैंचाका लागि बत्ति


आधुनिक जीवन शैलीसँगै बढ्दै गएको इन्टेरियरप्रतिको रुचिले घरको भित्री तथा बाहिरी भागको सजावट विशेष प्राथमिकतामा परेको छ । पहिले मानिसहरू घरको भित्री भाग सजावटका लागि पैसा खर्च गर्थे । बाहिरी भागमा खासै चासो दिइँदैनथ्यो तर अहिले मानिसको रुचिमा परिवर्तन आएको छ । घरको भित्रीका साथै बाहिरी भाग पनि उत्तिकै महत्वपूर्ण छ भन्ने भावना मौलाएको छ । घर सजावटमा पनि मानिसले दिल खोलेर पैसा खर्च गर्न थालेका छन् । यसका लागि बगैंचा तथा त्यसमा राखिएका सामग्रीले विशेष भूमिका खेलेका छन् । 

बगैंचामा राखिने विभिन्न सामग्रीमध्ये लाइट पनि एक हो । घरको आँगन तथा बगैंचामा राखिएको लाइटले घरमा एक प्रकारको अलौकिक सुन्दरता थप्छ । इलेक्टि्रक, सोलार, ग्यास तथा नन पावर्ड लाइट गरी बगैंचामा राख्न सकिने ४ प्रकारका लाइट उपलब्ध हुन्छन् । यी सबैका फरक-फरक विशेषता तथा फाइदा छन् । त्यसमध्ये सोलार सबैभन्दा सजिलो तथा उपयुक्त छ । घामबाट चल्ने हुँदा यसले पैसा पनि बचत गर्छ । सोलार गार्डेन लाइटमा सोलार ल्याम्प, स्टिललेस स्टिल लाइट, कपर सोलार लाइट, सोलार प्याटिवो लाइट, सोलार पाथवे लाइट, सोलार वाल माउट लाइट तथा सोलार स्पट लाइट आदि छन् । इलेक्टि्रक लाइट नामजस्तै बिजुलीबाट चल्छ । 

यसलाई बगैंचाको महत्वपूर्ण भागमा राख्न सकिन्छ । अस्थायी प्रयोगका लागि ग्यास लाइट उपयुक्त हुन्छन् । बगैंचामा पार्टी गर्दा अथवा कुनै चाडपर्वमा यो लाइट राख्न सकिन्छ । त्यसैगरी अर्को छ नन पावर्ड लाइट । यसमा लालटिन तथा मैनबत्ती पर्छ । यो पनि अस्थायी प्रयोगका लागि उपयुक्त छ र सामान्यतः पार्टी तथा चाडपर्वमा प्रयोग गरिन्छ । बगैंचामा राखिएका विभिन्न खालका लाइटको प्रयोगले बगैंचा तथा घरमा सुन्दर इफेक्ट निकाल्न सकिन्छ । 

बाहिर तथा बगैंचामा राखिने यी लाइटले अँध्यारोमा घर उज्यालो बनाउनुका साथै अँध्यारोबाट हुन सक्ने दुर्घटनाबाट पनि केही हदसम्म सुरक्षा प्रदान गर्छन् । बगंैचामा राखिने लाइटले आँखालाई मात्र शान्ति नदिएर एकप्रकारको इन्डिभिज्योलिटी पनि प्रदान गर्छन् । राम्रोसँग सेटिङ मिलाएर राखिने गार्डेन लाइटले फेसन स्टेटमेन्ट पनि क्रियट गरेको छ । अहिले ल्यान्डस्केपका लागि विभिन्न खालका लाइट उपलब्ध छन् । बिजुली कम खपत गर्न कम वाटका बत्ती राख्नु उपयुक्त हुन्छ । लो भोल्टेज गार्डेन लाइटले सामान्यतया अरू बत्तीको तुलनामा कम बिजुली खान्छ । यसका साथै गार्डेनमा सोलार पावर गार्डेन लाइट पनि राख्न सकिन्छ । यसमा एलइडी प्रयोग गरिएको हुन्छ । 

सूर्यको प्रकाश सोसेर बत्ती उत्पादन गर्ने यसले अरू बत्तीको तुलनामा कम लाइट दिने भए पनि बिजुलीको खपत भने कम गर्छ । त्यसैगरी पmलड लाइट सुरक्षाका दृष्टिकोणले राम्रो मानिन्छ । फिचर लाइट एकै ठाउँमा अथवा विभिन्न ठाउँमा इफेक्ट दिन प्रयोग गरिन्छ । यसको सहायताले कुनै एउटा बिरुवा, फूल अथवा बगंैचाको कुनै एक ठाउँलाई विशेष फोकस गरिन्छ । यसलाई वाल माथिबाट अथवा पोलमा राखिन्छ । त्यसैगरी अपलाइटिङ ग्राउन्ड लेबलमा दिइन्छ । 

यो लाइट बिरुवाको बीच भाग वा रुख आदिमा राखिन्छ । विभिन्न रंगको इफेक्ट दिन एम्बिएन्ट लाइट प्रयोग गर्न सकिन्छ । यसले दिने वार्म र सफ्ट लाइटले बगैंचा नै सुन्दर बनाउँछ । बगैंचामा बत्ती राख्दा पोल तथा वाल माउन्टेड राख्न सकिन्छ । बगैंचा सानो छ भने वालबाट फोकस गरेर लाइट दिनुपर्छ । सानो बगैंचामा वाल माउन्टेड राख्दा यसले स्पेस पनि ओगट्दैन । 

वालमै जोडिने भएकाले पनि यो उपयुक्त छ । सिम्पल डिजाइन, कम खर्चमा राम्रो तथा आफ्नो बगैंचा सुहाउँदो लाइट राख्नु राम्रो हुन्छ । बाहिरको लाइट रोज्दा वाटरप्रुफ बत्ती रोज्नुपर्छ । बजारमा विभिन्न ५० वटा रेन्जमा आउटडोर लाइट उपलब्ध छन् ।नारी ;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com