तिहारमा उपहारका रूपमा दीदीबहिनीले दाजुभाइलाई कपडा दिने चलन निकै पुरानो हो । कपडामा रुमालदेखि सुटसम्म पर्छन् । पहिले भनेजस्ता कपडाहरू पाइँदैनथे । दिदीबहिनीहरूको पनि कमाइ थिएन तर अहिले दिदीबहिनीहरू आफै कमाउँछन् जसले गर्दा दाजुभाइलाई आफूले चाहेको उपहार दिन सक्छन् । तिहारमा टोपी तथा रुमाल उपहारका रूपमा दिइन्छ ।
अहिले भने जिन्स पाइन्ट, सर्ट, सेरवानी, दौरा-सुरुवाल आदि विविध प्रकारका तयारी पोसाक तथा कपडाका पिस उपहारका रूपमा प्रदान गरिन्छ । त्यसो त अहिले विविध ब्रान्डले छुटको सुविधा पनि प्रदान गर्दै आएका छन् । जोन प्लेयर, ड्युक, बोसिनी, रिबोक, एडिड्यास, ली, रिबोक आदि ब्रान्डका कपडा उपहारका रूपमा दिन सकिन्छ । त्यसबाहेक तिहारलगत्तै जाडो आउने भएकाले स्वेटर, ज्याकेट, जम्फर, ट्रयाकसुट, ओभर कोट, कोट आदि उपहारका लागि राम्रो रोजाइ हुनसक्छन् ।
ग्याजेट :
दाजुभाइहरूलाई विविध प्रकारका ग्याजेट पनि उपहारका रूपमा दिन सकिन्छ । अहिले बजारमा विविध प्रकारका आइपोट, आइपड, मोबाइल आदि उपलब्ध छन् । दाजुभाइको आवश्यकताअनुसार तथा उनीहरूको पि्रय रंगअनुसार सामान खरिद गर्नुपर्छ । अहिले नोकिया, सामसुङ, एलजी, कलर्स, बर्ड, जी फाइब, मोटोरोला आदि ब्रान्डका आकर्षक मोबाइल अनेक रेन्जमा खरिद गर्न सकिन्छ । मोबाइल, आइप्याडजस्ता वस्तु अहिले सबैको आवश्यकता बनेका छन् ।
सौन्दर्य प्रसाधन :
अहिले पुरुषहरू पनि चिटिक्क परेर हिँड्न थालेका छन् । के महिला के पुरुष अहिले सबैको पहिलो प्राथमिकता राम्रो हुने बनेको छ । त्यसैले बजारमा पुरुषलाई लक्षित गरी विविध सौन्दर्य प्रसाधन बजारमा आएका छन् । गोरोपनका लागि फेयरनेस क्रिम, बडी स्याम्पु, बडी लोसन, हेयर ओयल, ब्लिच क्रिम, रेजर तथा आफ्टर सेभ उपहारका रूपमा दिन सकिन्छ । आफ्टर सेभका राम्रा-राम्रा उपहार प्याकहरू बजारमा खरिद गर्न सकिन्छ । जसमध्ये एडिड्यास, ह्युगो, निभिया, जिलेट आदि ब्रान्डका उपहार प्रमुख छन् ।
कलम, किताब तथा डायरी :
आफ्ना दाजुभाइलाई ब्रान्डेड पेन उपहारका रूपमा दिन सकिन्छ । पेन दाजुभाइका लागि निकै उपयोगी हुन्छ । पार्कर, पाइलट आदि पेन उपहार दिन सकिन्छ । त्यसैगरी अहिले विविध प्रकारका डायरी पनि बजारमा उपलब्ध छन् । दाजुभाइको कामको प्रकृति हेरी डायरी दिन सकिन्छ । त्यसैगरी दाजुभाइ अध्ययनशील छन् भने लोकपि्रय पुस्तक पनि उपहारका रूपमा दिन सकिन्छ ।
वालेट तथा जुत्ता :
महिलाहरूलाई जस्तै पुरुषहरूलाई पनि वालेट तथा जुत्ता निकै आवश्यक मानिन्छ । बजारमा मूल्यअनुसार विविध प्रकारका वालेट पाइन्छन् । सावर तथा सिन्थेटिकका वालेट २ सयदेखि खरिद गर्न सकिन्छ भने लेदरका वालेट केही महँगा हृुन्छन् । वालेटबाहेक ल्यापटप ब्याक, कि ब्याग, कार्ड होल्डर, कलेज ब्याग, अफिस ब्यागहरू पनि उपहारका रूपमा प्रदान गर्न सकिन्छ ।
त्यसैगरी जुत्ताले पुरुषको छविलाई गहन बनाउँछ । दाजुभाइको उमेर हेरी विविध ब्रान्डका जुत्ता उपहार दिन सकिन्छ । अहिले बजारमा पार्टी, स्पोर्ट्स, र्फमल, अफिस, इनर्फमल तथा स्लिपरहरू पाइन्छन् । रिबोक, बेली, बेन्टली, डक्टरमार्टिन, एडिड्यास, पुमा, कन्भर्स आदि ब्रान्ड लोकपि्रय छन् । अहिले चाइनिज तथा नेपाली ब्रान्डका राम्रा जुत्ता पनि बजारमा उपलब्ध छन् । यस्ता जुत्ता ५ सयदेखि ५० हजारसम्ममा खरिद गर्न सकिन्छ ।
परपयुम तथा बडी स्प्रे :
प्रायः पुरुष परफ्युम लगाएर हिँड्न रुचाउँछन् । अहिले पुरुषलाई लक्षित गरी विविध प्रकारका बडी स्पे्र तथा परफ्युम उपलब्ध हुन थालेका छन् । बजारमा ब्रान्डेडदेखि नन ब्रान्डेड विविध प्रकारका परफ्युम खरिद गर्न सकिन्छ । बडी स्प्रे परपmयुम भन्दा केही सस्तो पर्छ । परफ्युम तथा बडी स्प्रे संयुक्त उपहार आइटम पनि खरिद गर्न सकिन्छ । तिहारको उपहारमा यी सामान प्रशस्त प्रयोग गरिन्छ । ह्युगो, एडिडास, डनहिल, ब्रेबरी हिल, स्पट लाइट, क्रिड आदि परफ्युम तथा बडी स्प्रे बजारमा सहजै खरिद गर्न सकिन्छ ।
घडी :
घडीले मानिसलाई सिस्टमेटिक रूपमा जिउन सघाउँछ । त्यसैलेे दिदीबहिनीहरूले दाजुभाइलाई घडी पनि उपहारका रूपमा दिन सक्छन् । आफ्नो बजेटअनुसार ब्रान्डेड तथा नन ब्रान्डेड घडी खरि द गर्न सकिन्छ । अहिले बजारमा ५ सयदेखि लाखौंका घडी खरिद गर्न सकिन्छ । पुरुषहरूबीच गोलो, चारपाटे तथा स्पोर्टी घडी लोकपि्रय छन् । नारी ;