८६ वर्षे मामाविरुद्ध सर्वोच्चमा ८५ वर्षकी भान्जी

काठमाण्डौ अस्विन २४,

मुद्दाका वादी-प्रतिवादी दुवैको उमेर घर्किसकेको छ । लठीको सहाराबिना उनीहरुका पाइला चल्दैनन । नाताले उनीहरु मामाभान्जी पर्छन । तर पनि बकसपत्रमा कुरा नमिलेपछि मुद्दा लड्न सर्वोच्च अदालतसम्म आइपुगेका छन् ।

 आपूmमाथि अन्याय गरेको भन्दै ८६ वर्षीया मामा चन्द्रप्रसाद उपाध्यायालाई प्रतिवादी बनाएर ८५ वर्षीया भान्जी भैरवी पन्त सर्वोच्चमा आएकी हुन् । चन्द्रप्रसादले बकसपत्रको सर्तअनुसार आपूलाई एक लाख पाँच हजार रुपैयाँ नदिएको दाबी भैरवीको छ ।

जिल्ला र पुरावेदनमा मुद्दा हारेपछि धादिङ नलाङकी यी वृद्ध सर्वोच्चमा आइपुगेकी हुन् । आपूm बालविधुवा भएका कारण हेरचाह गर्ने भनेर चन्द्रप्रसादलाई जग्गा बकस दिएको भैरवीले बताइन् ।

बकस गर्ने बेलामा बाचुन्जेल लालनपालन गर्ने, चार धाम घुमाउने, सेव गर्ने र खानलगाउन दिने र मृत्युपछि काजकिरिया गर्ने भनेर आपूले मामालाई सम्पत्ति दिए पनि अहिले दुःख पाएको दाबी भैरवीले फिरादपत्रमा गरेकी छिन् । नेपालब्रिटेन ;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com