लहान, असोज १९,
सिरहाको धनगढी गाविस-४ शान्तिपुरकी एक दलित युवती विगत तेह्र दिनदेखि बेपत्ता भएकी छिन्। आफ्नी श्रीमती सुष्माकुमारी राम सप्तरीको राजविराजबाट बेपत्ता भएकी भन्दै पति अधिकलाल मोचीले खोजबिनका लागि वडा प्रहरी कार्यालय लहानमा निवेदन दिएका छन्।
राजविराजस्थित युनिक एजुकेसनल एकेडेमीमा नर्सिङ सेवातर्फ प्रवीणता प्रमाणपत्र तहको तेस्रो वर्षमा अध्ययन गरिरहेकी करिब २० वर्षीया राम लहान-१ स्थित माइतीमा पूजा छ भन्दै छात्रावासबाट निस्किएपछि बेपत्ता भएकी हुन्।
माइतीबाट बाबुले 'पूजा छ, एक दिनका लागि पठाइदिनु होला' भन्दै फोन गरेपछि असोज ६ गते छात्रावासबाट पठाइएको भन्ने जानकारी प्राप्त भएको एकेडेमीका प्रिन्सिपललाई उद्धृत गर्दै उनका जेठाजु प्रेम मोचीले बताए।
छात्रावासबाट माइत हिँडेकी युवतीलाई सिरहाको रामनगर मिर्चैया-५ का कृपाल महराका २१ वर्षीय छोरा शिवकुमार महराले बेपत्ता बनाएको हुनसक्ने पति अधिकलालले आशङ्का गरेका छन्।
बेपत्ता युवतीसँग करिब डेढ तोला सुन र रु २२ हजार नगद समेत रहेको बताइएको छ। सुष्माको २०६६ साल फागुन १४ गते अधिकलालसँग मागी विवाह भएको थियो। रासस
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै