धुलिखेल (काभ्रे), असोज १९,
काभ्रे जिल्ला ट्राफिक प्रहरीले सडक दुर्घटना न्यूनीकरण गर्न सडकमै जानकारीमूलक कार्यक्रमको सुरुवात गरेको छ। सडक दुर्घटनाबाट बच्न र बचाउन के गर्नुपर्छ, आफू बचौँ र अरुलाई बचाऔँ, सुरक्षित यात्रा गर्नको लागि यात्रुहरूबाट के कस्ता कार्यहरू गर्न सकिन्छ भन्ने विषयमा सवारी चालक, सहचालक र सर्वसाधारणको लागि सडकमै अन्तरक्रिया कार्यक्रमको सुरुवात गरिएको हो।
महान चाड दसैँ नजिकिँदै गर्दा धेरै मात्रमा यात्रुहरू असुरक्षित रूपमा यात्रा गर्नुपर्ने बाध्यतामा पनि कसरी सुरक्षित यात्रा गर्ने भन्ने बारेमा समेत सर्वसाधारणलाई जानकारी गराएको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक धनबहादुर श्रेष्ठले बताए।
चाड पर्वको बेलामा सवारी कम यात्रु धेरै भएका कारण दुर्घटना हुने गरेको कारण यस्ताखाले कार्यक्रमहरू गर्नुपरेको प्रमुख श्रेष्ठले बताए।
सवारी दुर्घटनाका कारण २०६८/०६९ को असोज महिनासम्ममा काभ्रेमा ३४ जनाको मृत्यु भएपछि ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण अभियान सञ्चालन गरेको उनले उल्लेख गरे।
इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक खेम आर्चायका अनुसार सवारी साधनको मर्मत सम्भार नहुनु र तीव्र गतिमा चलाउनु, चालकले मादक पदार्थ सेवन गरेर गाडी चलाउने गरेको कारण धेरैमात्रमा सडक दुर्घटना भएको बताए ।रासस
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै