धर्म - संस्कृतिलाई छायाँमा पार्ने कार्यक्रम प्रतिबन्द

जनकपुरधाम, असोज १६,

चाडपर्वका अवसरमा सनातन धर्म/संस्कृति र रीतिरिवाजलाई छायाँमा पार्ने मनोरञ्जन कार्यक्रम गर्न रोक लगाइएको छ। 
जिल्ला प्रशासन कार्यालय धनुषाद्वारा जारी विज्ञप्तिमा चाडपर्वको अवसर पारेर समाजका केही असामाजिक तत्वहरु समाज, बालबालिका र सामाजिक मान मर्यादामा नकारात्मक असर पार्न उद्यत् देखिएको अवस्थालाई दृष्टिगत गर्दै यस्ता कार्यक्रम गर्न पूर्ण रोक लगाइएको उल्लेख छ। 

अर्केष्टालगायतका विविध कार्यक्रम र हिन्दी, भोजपुरीलगायतका अश्लील गीतमा नेपाली र अन्य मुलुकका महिलासमेतबाट उत्तेजक नाच गर्न लगाउने, जुवा तास खेल्ने र त्यसमा आफ्नो प्रतिष्ठा जोडी हठवादी प्रवृत्ति प्रदर्शन गर्ने क्रियाकलापले समाजको शान्ति सुव्यवस्था खल्बलिने गरेको तर्फ ध्यानाकर्षण गराइएको छ। 

चाडपर्वका अवसरमा सामाजिक र धार्मिक सहिष्णुता कायम राख्दै विशुद्ध आफ्नो मौलिकता झल्किने स्थानीय रीतिरिवाज, धर्म-संस्कृतिसँग सम्बन्धित कार्यक्रम स्थानीय निकायको सिफारिसमा स्थानीय प्रशासनबाट अनुमति लिएर मात्र चलाउन पनि विज्ञप्तिमा अनुरोध गरिएको छ। रासस

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com