ऋषि न्यौपानेको निर्देशनमा निर्माण हुन लागेको एक चलचित्रमार्फत बलिउडमा जमिरहेकी मोडल राखी त्रिपाठीको आगमन हुँदैछ।
निर्देशक ऋषि न्यौपानेका अनुसार, राखीसँग सम्झौता भैसकेको छ र उनी छायांकन सुरु हुनु केही दिनअघि नेपाल आउनेछिन्। चलचित्रको स्क्रिप्ट फाइनल भैसके पनि नाम दर्ता नभएकाले चलचित्रको औपचारिक घोषणा नगरिएको न्यौपानेको भनाइ छ।
राखी मोडलिङमार्फत बलिउड प्रवेश गर्ने तयारीमा छिन्। यो चलचित्रलाई विवेक सापकोटाले निर्माण गर्न लागेका हुन्। चलचित्रमा चेतन सापकोटाको संगीत रहनेछ भने नायकको निर्णय पनि केही दिनमै हुने बताइन्छ।
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै