बालबालिकाहरूलाई मोबाइल फोन प्रयोग गर्न दिनु हुन्छ कि हुँदैन ?' भन्ने निर्णायक प्रश्नको सबैभन्दा प्रभावशाली उत्तर दिंदै सस्मिता प्रजापतिले नगद पुरस्कार १० हजार रुपैयाँसहित गएको बिहीबार राजधानीमा सम्पन्न 'लिटिल मिस नेवाः २०१२' को मुकुट आफ्नो शिरमा सजाइन्।
सस्मिताले प्रतियोगिता सहभागी अन्य ३५ प्रतिस्पर्धीहरूलाई पछि पारेकी हुन्। प्रतियोगितामा लुमना महर्जनले फस्ट रनर्सअप तथा अनिशा खड्गीले सेकेन्ड रनर्सअपको उपाधिमा आफ्नो नाम लेखाए।
नेवार समुदायका ८ देखि १३ वर्ष उमेर समूहका बालिकाहरूको सहभागितामा सञ्चालित उक्त प्रतियोगिता मौलिक कला, संस्कृति, भाषा, रहनसहन तथा परम्पराका सम्बन्धमा सचेतना, जगेर्ना एवं प्रवर्द्धनको उद्देश्य विगत ६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको छ।
नेप्लिज फेसन होमको आयोजना एवं रोहिया महर्जनको कोरियोग्राफीमा सञ्चालित लिटिल मिस नेवाःको यो सातौं संस्करण हो। नमुना कलेज अफ फेसन टेक्नोलोजीका विद्यार्थी डिजाइनरहरूले तयार पारेको पहिरनमा प्रस्तुत भएका सहभागीहरूले बेस्ट डे्रस राउन्डमा भने फ्युजन थिमअन्तर्गत आ-आफ्नो रोजाइको पहिरनमा क्याटवाक गरेका थिए।
उक्त प्रतियोगितात्मक कार्यक्रममा समावेश गरिएका अन्य विधातर्फ सृष्टि महर्जनले मिस ट्यालेन्ट, प्रिन्सा महर्जनले गुड पर्फमर, निवेदिता तुलाधरले बेष्ट नेपाल भाषा, तिसा शाक्यले बेष्ट स्किन तथा इभा महर्जनले बेस्ट एटायरको एवार्ड जितेका थिए। यसैगरी पिक्चर पर्फेक्टमा रस्तिका शाक्य, बेष्ट हेयरमा शिवानी बलामी, चार्मिङमा युनिशा महर्जन, डिसिप्लिनमा मेघना श्रेष्ठ, पर्सनालिटीमा श्रृना मल्ल तथा फ्रेन्डसिपमा सृष्टिना महर्जन विजेता घोषित भए। साप्ताहिक :
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै