कविताः किचकन्यासंग प्रेम I



विश्वास गर्नु नै सत्यता हो, पुष्टी नभएसम्म अन्यथा,
सबै सत्य जाँच्न संभव छैन, प्रचलनमा पनि बाध्यता !!

 विज्ञान भन्दा भोगाइका जीवन पनि, कम छैनन् सत्य,
 सबै विज्ञान सफल छैनन्, पुष्टी गर्न, गरे पनि मरीहत्ते !!

 भूतप्रेतको कहानी बिज्ञान होइन, मात्र हो, यो भोगाई,
भोगेजति पुर्खाले, बाँडे अनुभव, विश्वास राखे जोगाई !!

भूत नभए किन, यसको चर्चा साहित्य, संसार भरि छ,
छ भन्ने नै हो भने, यसलाई पुष्ट्याउन, गाह्रो पनि छ!!

 जे होस्, यहाँ एउटा किचकन्याको, उठेको छ प्रसंग,
यसलाई, जनाना भूतको रुपमा बुझ्दा, मन झसंग !!

किचकन्याको विषय, प्रसंग र कथा, कति छन् कति,
 प्रसंग चर्चाको, एउटा जमर्को यहाँ, एउटा किंबदन्ती !!

 प्रेममा तड्पेकी, एक युवतीको, प्रेमी हरायो अचानक,
प्रेमी खोज, असफलताले चढ्यो, आत्महत्याको सनक !!

अधुरो प्रेम चाहाना पूरा गर्न, प्रेतात्मा रह्यो तल्लीन,
प्रेमीको खोजीमा, भौतारीएकी किचकन्या, सधै मलीन!!

 सुनसान झाडी र बाटोमा हिँड्ने, उज्यालोमा जुनको,
 सुन्दर ठाँटिएर, युबकहरु लोभ्याउने, मनसाय उनको !!

युबकलाई उनी, अति माया गर्ने तर नगर्ने आक्रमन्,
मधुर बाणीले लोभ्याउने तर स्पर्स कहिल्यै चाहन्नन् !!

 पुरुष यथार्थ नबुझी, प्रेममा हुन्छन्, लिप्त र मंत्रमुग्ध,
त्यो अलौकिक छल, न मेट्छ तिर्सना न सोचेकै पुग्छ !!

किचकन्याको प्रेमजालमा ती छट्पटाउने छुट्टै नशामा,
 नखाने, दुब्लाउने र एकोहोरो भै पुग्छन् मृत्यु दशामा !!

 किंबदन्ती भन्छ, कुनै एक युबक परे, यस्तै समस्यामा,
सुक्दै गए, भएछन् एकोहोरो के गरौं, परेछन् दुविधामा !!

एक पाकालाई भनेछन् "प्रेम छ कसैसंग, एउटा सर्तपनि"
कसैले यो थाह पाएमा, उ कहिल्यै मेरी हुने छैन अनि !!

 ती पाकाले लामो धागो दिदै भने छन्, एक काम साध,
यो धागोको छेउ थाहै नदिई, उसको पछ्यौरीमा बाँध !!

युबकले भेटे, त्यही गरे फेरी भेट्ने सर्तमा, फर्की आए,
भोलीको दिन, त्यो ठाँउ वरपर खोज्दा, धागो भेट्टाए !!

 पिछा गर्दै हेर्दा, धागोको छेउ चिहानको प्वालमा धुसेको,
खोतल्दा, त्यो धागो त एक कंकालमा, थियो बाँधिएको !!

ती बुढाले पहिल्यै, किचकन्या हो, जानेर पनि भनेनन्,
या त धागो बाँध्थ्यो कसले, या भन्थे ती बुढा मूर्ख हुन् !!

 किचकन्याको कथा बुझी, प्रेम र डरमा ती युबक घायल,
अधिल्लो प्रेमप्रसंग र पछिल्लो डरको चक्करले पागल !!

आखिर युबक, लोकवाट विदा भए, संसारिक देह तोडी,
असफल प्रेमको बदला, त्यो किचकन्याले, लिएरै छोडी !!

 हे युवा, प्रेम त गर, किचकन्या र यथार्थ पहिचान गरेर,
प्रेममा अकाल मृत्यु नहोस्, किचकन्याको जालमा परेर !!

यो भने सुनेको कुरा, अरुको पनि यस्तै भए केही खास,
बाँडौं है त एकतिर ज्ञानविज्ञान अर्कोतिर अन्धविश्वास !!

 जीवराज बुढाथोकी खलंगा ९, 
सल्यान हालः काठमाडौं ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com