जेलभित्र प्रहरीले खुलेआम ब्लू फिल्म ब्यापार
अस्विन ९,
गलत काम गर्नेलाई सुधार गर्न र सजाय दिन कारागारमा राख्ने गरिए पनि डिल्लीबजारस्थित सदरखोरमा भने कैदीहरुसँग पैसा उठाएर ब्लू फिल्म (अश्लिल चलचित्र) देखाउने गरिएको खुलासा भएको छ ।
डिल्लीबजार कारागारका कैदीहरुले गृहसचिव नविन घिमिरेलाई पठाएको लिखित उजुरीमा जेलभित्र प्रहरीले खुलेआम ब्लू फिल्म देखाउने गरेको उल्लेख छ । उजुरीमा कैदीहरुले जेलको लाइब्रेरीमा रहेको कम्प्युटरबाट ब्लू फिल्म डाउनलोड गरेर कैदीहरुसँग पैसा लिएर देखाउने गरिएको उल्लेख छ ।
उनीहरुले तिमिल्सिना थरका प्रहरी निरिक्षक, जेल प्रशासनका नाइके, भाई नाइके, बहिदार नाइके लगायतको मिलेमतोमा यस्तो कर्म हुँदै आएको दावी गरेको छ ।कैदीहरुले गृहसचिवलाई पठाएको उजुरीमा कारागारमा बाहिरियाले चलाएको पसल चौकिदार आफैले चलाउने गरेको, हरेक सामाग्रीको मूल्य करिव दोब्बर पर्ने गरेको, राज्यले दिएको सिदासमेत आफैले पकाएर खान नदिइएको र किनेर खानुपर्ने बनाइएको कैदीहरुले उजुरी गरेका छन् ।
नाइके, भाई नाइके र चौकीदारले आ-आफ्ना भान्छा चलाएको र बाँकी कैदीले ती भान्छामा पैसा तिरेर खान बाध्य बनाइएको समेत उजुरी गरेका छन् । उजुरीमा बिंगो खेलाएर ठग्ने गरिएको, पैसा हुनेलाई घुस लिएर बाहिर घुम्न जान दिइएको, जेलरसँग मिलेर कैदीहरुलाई यातना दिइएको लगायतका गुनासो गरेका छन् ।नेपालब्रिटेन