करिब दुई महिना लामो प्रशिक्षणपछि गत शुक्रबार र्याम्पमा उत्रिएका लिम्बू समुदायका युवतीहरूको पहिलो प्रतियोगिता मिस लिम्बू-२०१२ को उपाधि नीलिमा मादेनले जितेकी छिन्।
ताप्लेजुङकी नीलिमाले २७ प्रतिस्पर्धिलाई पछि पार्दै नगद ५० हजार रुपैयाँसहित मिस लिम्बूको मुकुट पहिरिएकी हुन्। २३ वर्षीया नीलिमा फेसन डिजाइनर हुन्। महानायक राजेश हमालले निर्णायक चरणमा सोधेको प्रश्नको जवाफ दिएर नीलिमाले निर्णायक चरणमा पुगेका आफ्ना प्रतिस्पर्धीहरूलाई पछाडि पारेकी थिइन्।
नीलिमाले परिचयात्मक चरणदेखि नै आकर्षक हाउभाउ तथा सटिक जवाफ दिएर निर्णायकहरूको मन जितेकी थिइन्। नीलिमाले मिस चार्मिङको शीर्षक उपाधि पनि जितिन्। प्रज्ञाभवनमा सम्पन्न प्रतियोगितामा बीपी कोइराला स्वास्थ् विज्ञान प्रतिष्ठानमा कार्यरत ताप्लेजुङकै डा.एलिशा बनेमले फस्ट रनर्स अपमा चित्त बुझाइन्। एलिशा बेस्ट हेयरको शीर्षक उपाधि पनि जित्न सफल भइन्। प्रतियोगितामा एलिना थलङले सेकेन्ड रनर्सअपको उपाधि प्राप्त गरिन्।
पूर्वी नेपाल, काठमाडौं तथा देशबाहिर बसोबास गर्ने लिम्बू समुदायका युवतीहरूले सहभागिता जनाएको यो प्रतियोगितामा १७ देखि २५ वषर् सम्मका युवती प्रतिस्पर्धामा थिए। याक्थुङ युथ एसोसिएसनले आयोजना गरेको यो प्रतियोगिताका लागि धरान अडिसनबाट ११ तथा काठमाडौं अडिसनबाट १७ जना छानिएका थिए।
प्रतियोगितामा विभिन्न १६ विधामा शीर्षक उपाधि प्रदान गरिएको थियो। अन्य उपाधितर्फ सुमना लुङ्खिम्वाले मिस कल्चरल, एलिना थलङ र निशा पोमुले मिस ट्यालेन्ट, सुष्मा यक्सोले मिस वेस्ट स्माइल, मुस्कान नेम्बाङले मिस क्याटवाक र भ्युअर्स च्वाइस एवार्ड, बिन्दिया साम्सोहाङले वेस्ट फिगर, अनिता तुम्बापोले मिस फोटोजेनिक, क्रिष्टिना सम्बाहाम्फेले मिस डिसिप्लिन, सपना थेवेले मिस फ्रेन्डली तथा रेश्मा सम्बाहाम्फेले मिस पङ्चुअल र रेखा फागोले मिस बेस्ट स्किनको उपाधि जिते।
करिब तीन घण्टा चलेको प्रतियोगितामा गायक दीपक लिम्बु, भीम लिम्बू, रुकमान लिम्बु आदिले कर्णप्रिय गीतमार्फत वातावरणलाई संगीतमय बनाएका थिए।साप्ताहिक
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै