गीत - कसरी खुल्छ र दिल



कसरी खुल्छ र दिल, प्रेमको वृक्ष ढले पछि
काहाँ थामिन्छ र आँसु, मनमा आँधी चले पछि

ऐनामा रुप हेर्दा , भरोसाको कसी देखिँदैन
आफैंले भाग्य लेख्ने, कुनै खास मसी भेटिंदैन
कसरी छाउँछ र उमंग, जिन्दगी नै गले पछि
काहाँ थामिन्छ र आँसु ,मनमा आँधी चले पछि

टुक्रिएको मायाँ जोड्ने, खोटो छैन बजारमा
भने जस्तो एउटा साथी, पाइँदैन हजारमा
कसरी धाउँछ र खुशी, आशा हरु जले पछि
काहाँ थामिन्छ र आँसु, मनमा आँधी चले पछि

लक्ष्मी पोखरेल

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com