चारै तिर अध्यारो भो रात छिप्पिदै छ
खुशी सारा मैझारो भो घात छिप्पिदै छ |१|
जसरी नी जिउनै पर्ने रैछ जिन्दगानी
ओैले पनी फूल हरु पात छिप्पिदै छ |२|
मधहोसी हुदै छु म झुल्दै सम्झनामा
खाली भए प्याला मेरा मात छिप्पिदैछ|३|
आफ्नै घर आँगनिमा लडे दाजु भाई
हिउचुली झै चुलिएर बात छिप्पिदै छ|४|
बल्झिएर आँउछ किन ब्यथा अतितको
मुटु माझ बेदनाको खात छिप्पिदै छ|५|
जीतु खड्का गाँउले ;
मोरङ उर्लाबारी ;
हाल-बालुवाटार साउदी अरब