राति अपहरित बिहान मुक्त

सिरहा, असोज १० ,

मिथिलेश यादव :- सिरहाको जिझौल ८ कजरावाट मंगलबार राति अपहरित दुइ जना सर्वधारण आज बिहान मुक्त भएका छन् । लहानवाट घर कजरा फर्किने क्रममा कजरादेखि १ कलोमिटर उत्तर खोलाबाट अपहरित ३७ वर्षिय कृष्णदेव यादव र गजेन्द्र यादव आज अपहरणकारी समूहलाई छलेर भाग्न सफल भएका छन्। 
गजेन्द्र बिहान २ वजे र कृष्णदेव बिहान ३ वजे प्रहरीको सम्पर्कमा आएको हुन् ।

विआर ३२ एफ ०७७४ नम्वरको भारतीय मोटरसाइकलसहित अपहरित यादवद्वय भाग्न सफल भएपनि मोटरसाइकल अपहरणकारीकै कब्जामा रहेको सिरहा प्रहरीले जनाएको छ।

खोलामा पहिलादेखि नै ढुकेर बसेका हतियारधारी अपहरणकारीहरु कृष्णदेवलाई अपहरण गरि एकातिर र गजेन्द्रलाई अर्कोतिर लगेका थिए । सिरहा प्रहरी प्रमुख विक्रम गुरुङले भने, 'गजेन्द्र पहिला नै उम्केपछि कृष्णदेव उम्के। गजेन्द्र उम्केर आफनै गाउँ पुगेर त्यहा गस्तीमा रहेको प्रहरी टोली र गाउँलेलाई आफूसहित कृष्णदेव अपहरणमा परेको कहानी सुनाएपछि कृष्णदेवपछि उम्केर वरियारपटि प्रहरीको सम्पर्कमा पुगेको एसपि गुरुङले बताए।

अपहरणमुक्त कृष्णदेवका अनुसार, अपहरणकारीले भारततिर लान खोज्दा सिमामा रहेका भारतीय सिमा सुरक्षा बल (एसएसवि)ले टर्च बाल्दा उनीहरु कुद्न खोज्दा म भागे। भाग्दा भाग्दा वरियारपटि प्रहरीको सम्पर्कमा आएको उनले सुनाए। 'एसएसवी नभएको भए उम्कने चान्सै थिएन,' उनले भने। कृष्णदेव विहान मात्र परिवारको सम्पर्कमा पुगेका छन्।  नागरिक ;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com