असोज १४,
जनक केसी, जाजरकोट :- जिल्लाको उत्तरी नायकवाडा-७, स्थित सरस्वती माध्यामिक विद्यालयमा अध्ययनरत दुई छात्राहरु आइतबार पढ्दापढ्दै बेहोस भएका छन्।
एक्कासि बेहोस भएपछि विद्यालयको पढाइ नै बन्द गर्नुपरेको स्कुलका प्रधानाध्यापक मानबहादुर सिंहले बताए। अन्य छात्रा त्रसित बनेकाले ३ दिनका लागि विद्यालय बन्द गरिएको बताए।
विद्यालयमा पठनपाठन सञ्चालन भइरहेको समयमा कक्षा नौं मा अध्ययनरत १५ वर्षीया धना रावत र सातमा अध्ययनर ११ वर्षीया विष्णु नेपाली बेहोसश भएको प्रधानाध्यापक सिंहले बताए।
छात्राहरुमा हात काँप्ने, रिंगाटा लाग्ने, रुने, कराउनेजस्ता लक्षण देखिएपश्चात बेहोस भएको उनले बताए। उनीहरुलाई उपचारको लागि उपस्वास्थ्य चौकी सिलिङ्गेमा लगिएको स्थानीय हेमन्त केसीले बताए। यो रोग अन्यमा पनि सर्नसक्ने भन्दै अरु विद्यार्थीले पढाइ छोडेर घर गएको बताइएको छ।
नायकवाडामा मात्र नभई जाजरकोटका ग्रामीण विद्यालयमा छात्राहरु बेहोस हुने रोगले पढाइ प्रभावित हुने गरेको छ। उनीहरुमा देखिएको समस्या मास हिस्टोरिया भएको स्वास्थ्यकर्मीले बताएका छन्। केही समयदेखि नायकवाडा, ढिमे पैकलगायतका गाविसका विद्यालयमा छात्राहरु बेहोस हुने क्रम बढेको छ। नागरिक
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै