प्रायः सबैजसो महिलाले महिनावारी हुँदा धेर थोर पीडाको अनुभव गरेकै हुन्छन्। आधाजसो महिलाले त बेस्सरी नै दुखेको महसुस गर्छन्। महिनावारीको यस्तो पीडालाई dysmenorrhea भनिन्छ। यस्तो किसिमको पीडा तल्लोपेट, pelvic area कम्मर, ढाडको तल्लो भाग वा तीघ्रा तिरसमेत दुख्न सक्छ।
महिनावारी हुँदा कतिपय महिलालाई तल्लो पेट असाध्यै दुख्न सक्छ र सामान्य दैनिक जीवनलाई नै अप्ठयारोमा पार्छ। महिनावारी हुँदा रगत बाहिर पठाउन पाठेघरमा छिनछिनमा संकुचन आउँछ र रगत खेर नजान दिन यो संकुचन आवश्यक छ तर यसो हुँदा पीडाको अनुभव हुन्छ। किशोरावस्थामा पाठेघरको मुख केही खुले पनि तुलनात्मक रूपमा सानै हुने भएको हुनाले तरुण अवस्थाको भन्दा बढी पीडा हुन्छ।
समय बित्दै गए पछि वा बच्चा पाइसकेपछि पाठेघरको मुख पर्याप्त मात्रामा ठूलो हुने भएको हुने भएकाले यस्तो पीडा अनुभव हुँदैन। त्यसदेखि बाहेक यसरी महिनावारी हुँदा रगत निस्कने क्रममा पाठेघरको भित्री परत तुहिने क्रममा prostaglandin भनिने रसायन निस्कन्छ जसले रक्त नसामा संकुचन ल्याउँछ र पाठेघरमा आवश्यक रक्त वहावमा कमी आई अक्सिजनको मात्रामा कमी हुन पुग्छ। यो प्रक्रियामा पनि पीडा हुन्छ।
यी दुवै प्रकृया महिनावारी चक्रकै अन्तरंग प्रकृया भएको हुनाले प्राकृतिक नै हो। महिनावारी हुनुभन्दा पहिले पेट फुले जस्तो हुने, चिन्ता हुने, स्तन दुख्ने वा भारी हुने, रुन मनलाग्ने, दिक्क लाग्ने, थकाइ लाग्ने, चिडचिडापन हुने, प्यास लाग्ने, खानाखाने रुचिमा परिवर्तन तथा गोडा वा अन्य भाग सुन्निनेजस्ता कुरा हुन सक्छन् र यस्तो स्थितिलाई Premenstrual Tension Syndrome भनिन्छ। spk:
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै