जे जे भनोस् भन्न देउ म सहन्छु
मेरै धरा खन्न देउ म सहन्छु
लोभी पापी नजर् उस्को मेरै भाग्मा
खाओस् बरु टन्न देउ म सहन्छु
पैसा भनि मरिहत्ते गर्नेहरुलाई
बाउकै धन गन्न देउ म सहन्छु
मुन्द्रे बनि थर्काउँछ यो काइते 'शेरे'
गुण्डा नामी बन्न देउ म सहन्छु
राजेश रुम्बा लामा 'अतृप्त'