गीति-कबिता I

जीवन मेरो यस्तै रैछ सँधै दुखै दु:ख
कहिले होला जीवनमा हुने मलाई सुख,,,

भाग्यले नि सँधै भरि मैलाई ठग्ने कस्तो
किन भयो जीवन मेरो कागज भन्दा सस्तो,,,
कुन जुनीमा के पाप गरें र भोग्नु पर्यो अहिले
रुनु पर्ने किन होला सँधैभरि मैले......

कसलाई सम्झी मन बुझाउँ छैन आंफ्नो भन्ने
मेरो जीवन भन्दा ठुलो सबले पैसा ठान्ने,,,
सोच्ने गर्छन सबले यहाँ पैसाको छ रुख
कसले देख्छ गर्नुपर्छ यहाँ कति दु:ख.....

भाग्यले नि सुख मलाई लेखिदेन किन
सँधै चोट र पिडा बोकी बित्ने भयो दिन,,,,,,
एक्लै रुन्छु,सम्हालिन्छु छैन आंफ्नो भन्ने
आफन्त नै टाढा भए अरु कसले गन्ने....

धन कमाई सुख पाउन सात समुन्द्र तरें
तर सबले टाढा पारे आज एक्लो परें,,,
सबको ईच्छा पुरा गर्ने मेसिन जस्तै भएँ
दिन दिन प्रदेशमा एक्लिंदै म गएँ.....

फर्की जाउँ त महंगी छ,दुई छाक टार्नै गारो
मलाई मात्र किन यस्तो दु:ख पर्ने सारो,,,
दु:ख पर्दा एक्लै रुन्छु छैन कोहि देख्ने
कर्मै खोटी भएपछी रैछ सबले हेप्ने....

कति दु:ख गरूँ मैले कति पिडा सहुँ
आंफ्ना जति टाढा भए दु:ख कसलाई कहूँ,,
एककल फोन गर्न पनि सबले गारो मान्छन
सुख सयलमा बसेकी छ भन्ने सबले ठान्छन....

फोन गर्छन कि भन्ने आसले हेरी रहन्छु फोन
आंफ्नाले नै माया मार्दा सारै रुन्छ मन,,,
बाध्यताले बिदेसिएँ के भुल गरें मैले
तर पनि मलाई बुझ्ने कोहि भएन अहिले....


निलम

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com