माटो म I



म त केवल माटो हुँ/
बिउ परे
मल परे
जल परे
घाम परे
हरियाली दिन्छु/
बसन्तको बहार दिन्छु/
आफु निर्जीव रही,
सजिबलाई,..
बाच्ने शक्ति दिन्छु/
जीवन शक्ति दिन्छु/
तर पनि,.....तर पनि,...
तिमीहरु कम्जोर छौ/
आखिर किन ?
सोच्ने गर्छु,...
सायद पिडा छ/
मनमा चोट छ/
जिन्दगी को गोरेटोहरु मा.....
खोल्टा र खोल्टी छ/
कति छिटो हरेस खाने ?
प्राणीहरु .....
त्यो पनि मान्छे......
छि,....छि,...
घृणा लाग्छ,...
तिमीहरु यो माटो,
यो धर्तिको सन्तान भन्न लाज लाग्दै छ,....
म भित्र पिडा छैन?
बेथा छैन?
हेर ..
सुन,....
मेरो थुम्काहरु देखेका छौ?
जसलाई,
पाहाड भन्दछौ/
कसरी बनेको छ?
अन्दाज छ?
म भित्र चट्टान छ/
ढुंगा छ/
अनेक प्रज्वलन शिल पदार्थ छ/
जस्लाई छातीमा च्यापी,
अडियेकी छु/
अनि धेरै पर बाट,
सब्ले मलाई देख्न सक्छ/
पाहाड भनि चिन्नेका छन्/
हरियाली आँचल भरि फिजाई हाँसेकी छु/
रमाएकी छु/
हो !मैले ..
प्रकृति जोगाउनु छ/
संसार सजाउनु छ/
अनि,...
तिमीहरु लाई ,..
बचाई,बाच्न सिकाउनु छ,....
हास्न सिकाउनु छ/...
.........
......
कल्पना राई
दोलखा नेपाल
हाल -दक्षिण कोरिया

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com