गजल I



जित्छु सधैं हार्ने छैन धरोधर्म तिम्रो कसम
तिम्रो माया मार्ने छैन धरोधर्म तिम्रो कसम

रोपिसकें एउटा फूल हृदयको बारी खनि
अरु कुनै सार्ने छैन धरोधर्म तिम्रो कसम

तिम्रो सुन्दर बस्तीमाझ फुलेका ती ताराहरु
साँच्चै अब झार्ने छैन धरोधर्म तिम्रो कसम

अघि बढ्दै जीन्दगीमा सफलताको सिढिं चढ्न
तिम्रो बाटो बार्ने छैन धरोधर्म तिम्रो कसम

तिमी बिना जीन्दगीलाई एक्लै यो जंघारमा
आफु खुसी तार्ने छैन धरोधर्म तिम्रो कसम

-: राजेश लामा रुम्बा ' अतृप्त :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com