१
हराएको मूल्यवान त्यो भेष लेराईदे
लौन चरी प्रियतमको सन्देश लेराईदे
नयनहरु विछ्याएर पर्खिबस्छे आमा
भेटाउन तिन्को छोरा घरदेश लेराईदे
२
फसाउने चाल तिन्को मादक हुन सक्छ
सफलताको सिढिं चढ्न बाधक हुन सक्छ
होस गर है समयमै सचेत तिमी हुनु
नशालु ती नजरहरु घातक हुन सक्छ
३
फेदै काटी टुप्पामा फल्छन मान्छेहरु
आफैलाई किन यहाँ छल्छन मान्छेहरु?
रिस राग राख्छन्,डाहा इर्ष्या गर्छन
भित्र भित्रै आफै फेरि, जल्छन मान्छेहरु
बिना तामांग 'सुनगाभा'