हिजो पत्रकार गोपाल सिवा जी को पोस्ट तसलिआ नसरिन पढेपछि केहि लेखु लग्यो हाम्रो समाजको, नारीको अनि ती नारीहरुले व्यती गरेका नाराक्य जिवानको...
जुन छुट छोरालाई छ त्यो छुट छोरीलाई छ नै कहाँ र !
जो आफ्नो श्रीमान्ले भने जस्तो नगर्दा , भने जस्तो दहेज नल्याउँदा र शारीरिक सम्बन्धमा सहमति नहुँदा यस्ता यावत कुराहरु कारण आफ्नो प्राण भन्दा प्यारो श्रीमानले एसिड छर्किएर बेरूप बनाउँदा उनीहरु एउटा जिउँदो लास भएर र निरस्क्रित भएर बाचेका शिथितिले मन मस्तिस्क नै छिया-२ बनाएको अनुभूत हुन्छ यस्ता घटना बिशेस गरि अर्धविकसित मुलुक पाकिस्तान, भारत, बंगलादेश , कम्बोडिया, इरान , जाम्बिया, नेपाल मा पनि यदा कता जिउँदो पाइन्छ...!!
यस धर्तिको आधा हिस्सा भन्दा बढी स्थान महिलाको संख्याले ढाकेको छ जसलाई तथ्यांकले पनि स्पष्ट गरिसकेको छ, आज २१ ओउ शताब्दीको उत्तरार्धमा आइपुग्दा सम्म पनि महिला प्रतिको शारीरिक र मानसिक पीडा/प्रताडना दिने कार्यमा कमि आएको होला तर निर्मुल भएको छैन र सोचमा पनि परिबर्तन आएको छैन, विस्वमा आधा आकाश ढाकेका महिलाहरुको कुरा गर्दा नेपालको त् कुरै छाडौं बिकसित देशमा पनि दोस्रो दर्जाको नागरिक भएर बाच्नु परेको यथार्थ त् हामी सबै सामु स्पष्ट नै छ, विस्वका अधिकांश मुलुक पितृ-सतात्मक समाजमा आधारित छन त्यसैको परिणाम हो समाजका हरेक तहमा पुरुषको बाहुल्यता देखिनु .
आजको २१ ओउ शताब्दीमा पनि ती महान पुरुष हरुको गुण गान गाउने पर्छ जसले आफ्नो इक्ष्य पुरा नहुँदा वा आफुले भने जस्तो नभएमा ती सृअती माथि बिभिन्न शारीरिक/ मानसिक पीडा/ यातना र त्यति मात्रै कहाँ हो र उनि माथि एसिड छरी ती निर्दोष एक-नारीको जिवान भर को खुशीमा सदाका लागि ताल्चा लगाई दिन्छन र उनको बाच्ने अधिकारमा पनि क्रुरता ल्याइदिन्छन् यो कस्तो सजाय हो ? महिलाहरु संसारमै पीडीत छन फरक यत्ति हो बिकसित देशमा कानुनले साथ् दिन्छ तर हाम्रो जस्तो अर्ध बिकसित देश हरुको यथार्थ अझै पनि कुना काप्चा खोज्ने हो भने सर्वत्र अबिस्वस्निया घटना हरु दिन-प्रति दिन घटिरहेका छन् :
नारी ममताकी खानि हुन् अनि त्यो शक्ति हुन् जसलाई भगवाती, लक्ष्मी, सरस्वती, दुर्गा, शिवको प्रतिक मानि स-सम्मानित पुजिन्छ , नारीको ब्याख्या /बर्णन गर्ने शब्द कुनै पनि शब्द कोष मा छ जस्तो लाग्दैन किनकी नारी (आमा) को जति नै चर्चा परि चर्चा गरे नि कम नै हुनेछ : तर उनलाइ गरिने यति दर्दनाक ब्यबहारको अन्त्य किन हुन् सकेको छैन त् ? संसारकै सृस्टी-कर्ता नारी उनी माथि यस्तो ज्यादती किन ? हामी एक-पटक कल्पना गरौँ बिना नारीको समाज कस्तो हुन्छ होला ? मानौ यदि समाज मा पुरुष मात्र हुने हो भने, समाजको संरचना कस्तो हुन्छ होला ? संसार कसरि चल्छ होला ! के यसको जवाफ हामी संग छ ? र यदि सृस्टी संचालनमा नारी को भूमिका अहम छ भने उसैलाई किन यत्ति छि-छि दुर-दुर को ? दाइजो नल्याएकोमा कत्ति नारीहरुले ज्युँदै जलेर ज्यान को आहुति दिएका छन , कतिले आत्मा हत्या त् कति लाइ आफ्नै श्रीमान सासु, ससुरा नन्दको मिलो माटोमा हदै सम्मको तनाव दि इ न्छ : बोक्सीको आरोप मा जलाइने, शारीरिक, मानशिक, जस्ता अनेकौं यातना दि इ न्छ यो हाम्रो लागि सामान्य जस्तै नै भैसकेको छ सुन्न !! कतिओ लाइ कालो मोसो अनि दिशा खुवाइयो यसको हिसाव छैन : यस्तो मरेतुल्य जिवान जिउन सक्ने शक्ति/क्षमता छ : जसलाई बर्णन गर्ने शब्द छैन : त्यसैले त् नारी लाइ धैर्यताको धनि पनि भनिन्छ :
जुन नारीलाई ती पुरुषले यस्तो ज्यादती गर्छ उसले कसरि बिर्सेको होला कि उ पनि कुनै नारी कै कोख बाट जन्म लिएको हो : नारी सम्मानका मुल्यम नारा हरु सब बेका लाग्छन : नारी हरु अझै नारक्य जिवान बिताउन बाध्य नै छन : कहिले सम्म यस प्रचलन ले प्रभुद्ध पाइरहने हो , यो त् समय ले नै बताउला अब !! बिना युद्धका संघर्षका मैदान ती महान पुरुष हरुले खडा गरेको देख्दा साच्चै बडो दुख लाग्छ !! एउटा नारी आमा , छोरी, बुहारी , श्रीमती को भूमिकामा हामी पाउँछौ उनि आफ्नै परिचय गुमाउदै जिवान संघर्षका साथै साइनोका हरेक दर्जाका दैयामा पैया लगाई उनि अरुकै लागि बाच्छिन तरै पनि उसलाई अपमान गरिन्छ, असम्मान दि इ न्छ , बरु अलिकति मौका पाउन साथ् हर तरहको तनाव दि इन्छ , यो कस्तो संरचना हो समाजको ? एउटा छोरी भएर जन्मनु के श्राप हो ? आज , यस घडीमा पनि छोरी जन्माएर सुत्केरी हस्पिटल बाट जब घरको दैलोमा पाइला टेकछिन उसलाई स्वागत त्यति प्रसन्नताका साथ् हुँदैन जति छोरा जन्माएर आउँदा हुन्थियो. यस्ता प्रवृतिहरु प्रसस्त छन हाम्रै ओरि-परि .
अलिकति प्रसंग दाइजोलाई लाइ समेट्दै ; दाइजो प्रथा कसले , कसरि , किन राख्यो त्यो निकै गहिरो र उत्सुकताकै बिषय छ, एउटा छोरी जब बिहे गरेर कसैको श्रीमती बुहारी र त्यस घरका सम्बन्धित सम्पूर्ण नाता गोता संग समेटिन पुग्छिन उनले धेरै कुराको सम्झौता गर्नु पर्ने त् छ दै छ , सबै भन्दा घत लाग्दो र बडो चाख लाग्दो कुरा कसैको छोरी पनि पाउनु छ र भने जस्तो सम्पत्ति वा दाइजो डिमाण्ड गरि-२ त्यो चित्त नबुझे फेरी केहि दिनमै सुरु हुन्छ यातना - यसो सोचौ यो कस्तो अचाहिँदो परम्पराको खास्टो हो उल्टो नियम ; कसैको छोरी लाइ बुहारी बनाइ ल्याए पछी केटा पक्ष ले चाहि दिनु पर्ने हो दिने परे ! कसैको छोरी बुहारी बनाइ ल्याउनु पाउनु र साथै तान्न सम्पत्ति ; यो साच्चै बिकृति हो ! अब हामीलाइ अनुमान लगाउन कत्ति नि गारो हुँदैन हाम्रो समाजमा छोरी भएर जन्मनु श्रापपूर्ण , कति सस्तो बस्तु जस्तो लाग्छ , यसै मानसिकतामा, परिधिमा , परिबेशमा , परम्परामा, यहि रापमा संकिर्णतामा हाम्रा पुजनीय हजुर आमा , आमा अनि भाउजुहरुले र संसारका कतिओ नारी हरु जले , मरे र अझै नि कति मर्ने हुन् , जल्ने हुन् थाहा छैन....!!
नारीहरु हाम्रो जस्तो अर्धविकसित मुलुक मा मात्र होइन बिकसित मुलुक मा पनि पीडीत छन फरक यति हो उनीहरु चुप लाग्दैनन् लड्छन आफ्नो हग अधिकारको लागि र उनीहरुलाई कानुनले पनि राम्रै संग साथ् दिन्छ हाम्रो जस्तो मुलुक मा ती नियमहरु नियमि सिमित छन लागु नहुने खोस्टा मात्र हुन् ती !! नेपालि समाजमा महिलाहरुको हग-अधिकार घर भित्रै सिमित जस्तै पारिएको छ र बिभिन्न आरोप-प्रत्यारोप लगाएर नारी अस्मितालाई धमिल्याउने सिक्षित बर्गमा पनि ज्यूँदोछ. बिकृतिको यो जरा यति दरो छ कि यसको विरोधले मात्र पनि सुतेको रोउ बिउत्युछ :
खैर आशा गरौ परिबर्तनको अनि नारी=पुरुष समानताको :
यासिन राइ (इज़रायल)
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै