अपाङ्ग महिलामाथि यौनजन्य हिंसा बढी I


अपाङ्ग महिलामाथि यौनजन्य हिंसा बढी हुने कुरा गत महिना स्पेनमा सम्पन्न अपाङ्ग महिलाहरूको विश्व सम्मेलनका सहभागीहरूले बताए ।

सम्मेलनमा अधिकांश राष्ट्रका प्रतिनिधिले अपाङ्ग महिलाहरूलाई राज्यले बेवास्ता गरेको आवाज उठाएको सम्मेलनमा सहभागी नेपाली प्रतिनिधि राष्ट्रिय अपाङ्ग महासंघकी महासचिव टीका दाहालले बताइन् । उनले भनिन्, 'अपाङ्ग महिलाहरू एक्लो र नीरस जीवन जिउन बाध्य छन् ।'

उनले अपाङ्ग महिलाहरूको प्रजनन् स्वास्थ्यको अधिकार सुनिश्चित नभएका विश्वभरका अपाङ्ग महिलाहरूको गुनासो रहेको बताइन् । उनीहरूले यौनिकता, प्रजनन् स्वास्थ्यको अधिकार, हिंसाबाट सुरक्षाजस्ता माग राख्दै स्पेनको कानुन मन्त्रालयअगाडि डेढ घन्टासम्म धर्ना दिएको पनि उनले बताइन् । नारी:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com