कबिता I


बाँजो भाग्यमा
खप्पर भित्रको
गिद्धि प्रयोग गरि
बुद्धि बिवक लगाई
सकारात्मक सोचले
आत्मा शक्तिको
बिकाश गर्दै
दृढ संकल्प
मनमा च्यापी
उर्जाका पालाहरुमा
आशा र चाहनाका
ईन्धन थप्दै
आफ्नो गन्तव्यको
पहिचान गरि
हातको हत्केलामा
परिश्रम को ठेला उठाई
कर्मको पसिनाले
जीवन रुपी
मरुभूमि सिचेमा
बसन्तको बहार
छाउने छ,
आउने छ,
तपाई सामु सदा-सदाको लागि,....
अनि कहिले छाडेर जाने छैन
तपाईलाई
यो बसन्तले
प्रकृतिको
बसन्त जस्तो,....

कल्पना राई
दोलखा नेपाल
हाल दक्षिण कोरिया

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com