म निर्धनकी आमा I

 बिमला खतिवाडा :- पर्वतको शिवालय गाविस-४ की मानकुमारी गिरी, ५७, कहिल्यै फुर्सदिली हुँदिनन्। उनका दिनहरू समाजसेवामा व्यस्त हुन्छन्। २०२८ सालमा जिल्लामै पहिलोपटक महिलाहरूलाई संगठित गरी समाजसेवाका क्षेत्रमा लागेकी गिरीले हजारौँ बालबालिकालाई शिक्षाको उज्यालो प्रदान गरेकी मात्रै छैनन्, कतिपय प्रहरी चौकी स्थापना गरेर उदाहरणीय बनेकी छन्।

आपनो जग्गा बेचेर समाजसेवाको काम गर्दै आएकी मानकुमारी आफू भने भाडाको घरमा बस्िछन्। सिंगो गाविस र जिल्लालाई आफ्नो घर मान्ने मानकुमारीले शिक्षा क्षेत्रमा ठूलो सहयोग गर्दै आएकी छन्। पढ्न-लेख्न नपाएकालाई विद्यालय, खर्च अभावमा उपचार नपाएकालाई औषधी आदि उनले जुटाइदिने सेवा हुन्। सामान्य लेखपढ गर्न जानेकी उनी भन्छिन्, "मेरेर खरानी बन्ने जिन्दगीमा आफू मात्र नभएर अरूलाई पनि बचाऔँ भनेर समाजसेवाको पथ अँगालेकी हुँ।" 

उनी समाजसेवा गर्नकै लागि डेढ दर्जन संघसंस्थामा आबद्ध छिन्। गिरीले रेडक्रस, खानेपानी, सामुदायिक सेवालगायत संघसंस्थाको जिम्मेवारी बहन गर्दै गाउँगाउँमा पुगेर सेवा दिँदै आएकी छन्। "पैसा कमाउने संघसंस्थामा आबद्ध भएर समाजसेवाको काम गर्दिनँ," गिरी भन्छिन्, "त्यही भएर बिनापैसा काम गरेर दीनदुःखीको सेवा गर्ने संघसंस्थामा मात्र आबद्ध छु।"

उनले दुःख गरेर जोडेको एक रोपनी घडेरी पनि बेचेर समाजसेवामा खर्च गरसिकेकी छन्। उनले श्रीमान्ले हुलाक कार्यालयबाट अवकाश लिँदा पाएको दुई लाख रुपियाँ सदरमुकामस्िथत शिवालय माविलाई उच्च्ा मावि बनाउन सहयोग गरेकी हुन्।

समाजसेवामा गरेको खर्चको हिसाबकिताब पनि गर्दिनन् उनी। उनी कहिले उपचार नपाएर मृत्युको मुखमा पुगेकालाई बचाउन आर्थिक संकलन गर्दै हिँड्छिन् भने कहिले घोडेटोको अभाव भएका ठाउँमा बाटो निर्माण गर्न जुटेको अवस्थामा भेटिन्छिन्।

गिरीले सदरमुकामका विद्यालयमा मात्र आर्थिक सहयोग उपलब्ध गराएर शिक्षाको ज्योति प्रदान गर्ने काम गरेकी छैनन्। जिल्लाका विकट भुकताङ्ले, मुडिकुवा, खुर्कोट, नाग्लीवाङलगायत एक दर्जनभन्दा बढी गाविसका विद्यालयमा समेत आर्थिक सहयोग गरेर उनले शिक्षाको उज्यालो छर्ने काम गर्दै आएकी छन्। बजारमा लुटपाटका घटना बढ्दै गएपछि उनले शिवालय चोकमा घर बनाउन भनेर छुट्याएको सात आना जग्ग्ाासमेत सामुदायिक प्रहरी बिट स्थापना गर्न दान दिएकी हुन्।

"अब टुक्राटाक्री जग्गा मात्र बँचेका छन्," गिरी भन्छिन्, "ती पनि आवश्यक परेको खण्डमा बिक्री गरेर गरबिका नाममा खर्च गर्नेछु।" समाजसेवामा लागेदेखि उनले परविारलाई समय दिन भने सकेकी छैनन्। उनले अन्याय र अत्याचारमा परेका सयौँ महिलालाई न्याय दिलाउन रातदिन एक गरेकी छन्। दुःख पाई सहयोग माग्दै आउनेलाई उनले रत्तिो हात फर्काउँदिनन्।

धौलागिर िअञ्चलमै समाजसेवीको ख्याति कमाएकी उनलाई कसैले शिक्षाप्रेमी भनेर चिन्छन् त कसैले निर्धनकी आमा भनेर। आर्थिक सहयोग गर्न गिरी आफैँ गाउँगाउँसम्म पुग्ने गरेकी छन्। उनले बाग्लुङ र कास्कीका केही गाउंँमा समेत समाजसेवाको काम गर्दै आएकी छन्। गिरीको समाजसेवा देखेर प्रभावित भई जिल्लाका केही महिलासमेत समाजसेवामा लागेका छन्। जिल्लामा मात्र होइन, सिंगो अञ्चलमै पनि उनको नाम र कामको प्रशंसा नगर्नेहरू छैनन्।

गिरी कसैलाई आपत्विपत् पर्दा आफू बिरामी परेर थला परेको अवस्थामै किन नहोस्, जे सक्छिन्, त्यो सहयोग गर्न अघि सरहिाल्छिन्। "आज गाउँदेखि सहरसम्म सबैतिर मजस्ता मानकुमारीको आवश्यकता छ," गिरी भन्छिन्, "आशा छ, मेरो प्रेरणाले मन भएका धेरै जन्मिने छन्।" उनले बाँचुन्जेल भाडाको घरमै बसेर भए पनि समाजसेवामा निरन्तर लागिरहने बताइन्।

"मलाई बस्न-खानको चिन्ता छैन," उनले भनिन्, "त्यही भएर एक मुठी सास रहुन्जेल समाजसेवा गररिहनेछु।" उनी मन्दिरमा मूर्तिदान गरेर भन्दा दीनदुःखीलाई पूरा पेट खाना दिएर बढी धर्म कमाइने बताउँछिन्। "धनले कसैलाई युगयुगसम्म जीवित बनाएर राख्न सक्दैन," गिरी भन्छिन्। नेपाल

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com