नाताको न्याय खोज्दै-पुतली I

बाग्लुङ, साउन २६,

दिलीप पौडेल, - यहाँका एक पुरुषले पत्‍नी र छोरा स्विकार नगरको भन्दै महिला न्याय खोज्दै भौँतारिरहेकी छन्। जिल्लाको सिगाना-१, की पुतली जिसीले छिमेकी बमबहादुर जिसीसँग शारीरिक सम्बन्ध कायम भएर छोरो जन्मिए पनि स्विकार नगरेको बताइन्।

आफ्ना पतिको मृत्यु भएकोले काम गर्न जाँदा बम बहादुरसँगको उठबसबाट २०६६ फागुन १८मा छोरा जन्मिएको उनको दावी छ। छोरा हुर्किँदै गएको भएपनि कानुनी रुपमा बाबुको पहिचान नहुँदा छोराको जन्मदर्ता भएको छैन। सुत्केरी हुँदाको बखत गाउँले भद्रभलाद्‍मीको रोबहरमा बम बहादुरले सुत्केरी खर्च दिएपनि अहिले पत्नी स्विकार नगरेको उनको गुनासो छ।

पुतलीका पतिको मृत्यु भैसकेकोले छिमेकी बम बहादुरसँगको सम्बन्धबाट छोरा जन्मेकोले अंश पाउनु पर्ने र छोराको बाबुसँग नाता कायम हुनुपर्ने माग गर्दै आएकी छन्। 'उनकै घरमा काम गर्न जाँदा उठबस भएपछि सम्बन्ध कायम भै छोरा जन्मिएको हो,' उनले भनिन्। सुत्केरी खर्चस्वरुप गाउँलेको रोबहरमा रकम दिएपनि त्यसपछि अंश नदिएपछि अदालत पुगेको बताईन्। सुत्केरी भएको अवस्थामा बम बहादुरले १लाख रुपैयाँ रकम दिएको छिमेकी जगत जिसीले बताए। 'गाउँका भद्रभलाद्मी बसेर एक लाख रुपैयाँ सुत्केरी खर्च दिएका हुन्,' उनले भने।

अंश माग गर्दै अदालत पुगेकी जिसीले डिएनए परिक्षणनै नगरी अदालतले आदेश गर्दा अंशबाट बंचित भएको बताएकी छन्। नाताको बारेमा छोरा र बाबुको डिएनए परिक्षण गर्न माग गरेपनि अदालतले सो नगरी सम्बन्ध नरहेको फैसला गरेको थियो। उनका कानुन व्यवसायीले डिएनए परिक्षणको माग गरेपनि अदाललते सुनुवाई नगरेको उनको गुनासो छ। 'पहिलाका श्रीमान् मृत्यु भएको हो। त्यसपछिको सम्बन्ध बल बहादुरसँग मात्रै हो,' उनले भनिन्,' तर, अदालतले मेरो मागको सुनुवाई गरेन।' अंश माग दावी गर्दै दायर मुद्दामा जिल्ला अदालतले अंश दिनुनपर्ने भन्दै फैसला गरेपछि पुनरावेदन पुगेकी थिइन्।

पुनरावेदन अदालतले ती पुरुष र महिलाको नाताको बारेमा नबोलाको भन्दै पुनः जिल्ला अदालतमा फिर्ता पठाएको थियो। जिसीको तर्फबाट बहस गरेकी सरिता केसीले अदालतले डिएनए परिक्षणको आदेश दिनुपर्नेमा त्यसो नभएको बताएकी छन्। 'बच्चाको बाबु पहिचान नभएकोले डिएनए परीक्षण गरेर मुद्दाको किनारा लगाउनुपर्छ भन्ने माग हो,' केसीले भनिन्। महिला अन्यायमा परेको महिला विकास अधिकृत लक्ष्मी जिसी कार्कीले बताइन्। 'नाबालको बाबुको पहिचान हुनुपर्छ,' कार्कीले भनिन्।

उनी अहिले छोरा लिएर न्यायकोलागि भौंतारिएकी छन्। पहिलो श्रीमानतर्फ एक छोरी र छोरा भए पनि अर्कैसँग सम्बन्ध गाँसेपछि उनलाई छोराछोरीले हेरचाह गरेका छैनन्। बजारमा डेरा लिएर बस्दै आएकी उनले एक होटलमा भाँडा माझेर गुजारा चलाउँदै आएकी छन्। 'सुत्केरी हुँदादेखिनै पुरानो घरबाट निस्किएको हुँ,' उनले भनिन्। ngk:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com