छोरा-छोरीलाई आफन्तकोमा सुत्न पठाई श्रीमतीको गोलि हानी हत्या I

भक्तपुर , भाद्र ११ ,


हत्याराले गरे आत्मसमर्पण :



मकर श्रष्ठ /प्रमिता बासकोटा :- भक्तपुर नगरपालिका- ११ भेलुखेलका राजेश देउलाले आइतबार राति श्रीमतीको हत्या गरेका छन् ।

देउलाले भेलुखेलस्थित आफ्नै निवासमा श्रीमती ३६ वर्षीया शोभा देउलालाई घाँटीमा गोली हानी हत्या गरेका हुन् । हत्या पछि फरार राजेशले आइतबार मध्यान्ह महानगरीय प्रहरी परिसर हनुमानढोकामा पेस्तोलसहित आत्मसमर्पण गरेका छन् ।

प्रहरीले महिलाको शव पोस्टमार्टमका लागि पठाएको छ । हत्या गरिएको ठाउँमा एक थान गोलीको खोका पनि भेटिएको भक्तपुर प्रहरीले जनाएको छ ।

आइतबार राति सँगै खाना खाएका श्रीमान् राजेशले नियोजितरुमा श्रीमतीको हत्या गर्न दुई छोरी र एक छोरालाई आफन्तकोमा सुत्न पठाएका थिए ।
इकान्तिपुर

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com