अन्तराष्ट्रिय नेपाली कलाकार समाज (अनेकस)को सुचना I

मेरा प्यारा कलाकार तथा कलाप्रेमी साथीहरू,

भगवती बस्नेत इजरायल अगस्ट २० :- संसारभरी छरिएर रहेका कलाकार तथा कलाप्रेमी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु, नेपाली कला तथा संस्कृतिको जगेर्ना गर्नको लागि हामी एउटै छातामुनि संगठित भएर आफूसित लुके,छिपेको कला आफूले बोकेर आएको संस्कृतिलाई उत्थान गर्ने हाम्रो दायित्व हुन आउँछ । त्यसैले सबै एकजुट भएर हामी सम्पूर्ण बिदेशमा बस्ने नेपालीहरु एकजुट भइ एउटै उद्देश्य लिएर कला र कलाप्रेमीको उत्साह उमङ्लाई उत्प्रेर
ित गर्नको लागि हालै मात्र अन्तरास्ट्रिय स्तरको एउटा संगठन अन्तराष्ट्रिय नेपाली कलाकार समाज (अनेकस) International Nepalese Artist Society (INAS) स्थापना भएको छ ।

यसले संसारभरि रहेका कलाकार र कलाकारप्रेमीहरुलाई गोलबद्द बनाएर कला प्रदशनको एउटा महत्वपूर्ण समाजको सृर्जना गर्नु यसको उद्देश्य रहेको छ । यो संस्था नाफा रहित राजनीतिक रहित र धर्म निरपेक्षित भएर सम्पूर्ण नेपालिहरुको कला र संस्कृतिको कदर गर्दै आफ्नो लक्ष्यतिर अघि बढिरहेको छ ।
यस समाजमा सम्पूर्ण नेपालीलाई आफूमा निहित कला प्रदशन गर्ने र संगठनलाई मार्गदर्शन गर्ने सबैमा बराबर हक र अधिकार प्रदान गरिएको छ ।

यस संस्थालाई विश्वभरि छरिएर रहेका नेपाली माझ ल्याउन यसको बिस्तार बिभिन्न देशहरुमा भैरहेको छ । यसै सन्दर्भमा इजरायलमा पनि यस संस्थाको बिस्तार गर्न गैरहेका छौ । त्यसैले सम्पूर्ण इजरायलवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई यस संस्थामा आबद्द भएर आफूभित्र भएको प्रतिभा र क्षमतालाई स्रोता र दर्शकसामु प्रर्दशन गर्ने एउटा माध्यम बनाएर अगाडि बढ्नु हुनृछ भन्ने हामीले आशा राखेका छौँ । यस संस्थाको मुल्य र मान्यता अन्तराष्ट्रिय स्तरको रहेने छ,जस्ले गर्दा बिदेशमा रहेका कलाकार र कलाकारप्रेमीको मनोवललाई उच्च राख्दै नयाँ नयाँ कलाकार र कलाप्रेमीलाई उत्प्रेरित गरिरहने छ ।

यही अगष्ट २५ तारिखसम्ममा इजरायलवासी कलाकार र कलाकारप्रेमी साथीहरुले आफ्नो बिचार सुझाव सल्लाह र मार्गदर्शनको कुरालाई स्पस्ट रुपमा लेखेर मलाई मेरो (bunustar22@yahoo.com.sg) मा इमेलमा पठाइ सहयोग गरिदिनु होला । अन्तराष्ट्रिय कलाकार समाजले यसको गठन र बिस्तारको लागि म केन्द्रिय सदस्य भगवती बस्नेतलाई जिम्मेवारी सुम्पेको हुनाले यसै जिम्मेवारीलाई निर्वाह गर्दै यसको गठन र बिस्तारको लागि यहाँहरूमा हार्दिक आव्हान गर्दै, आ आफ्नो नामावली पठाइदिनु हुन बिनम्र अनुरोध गर्दछु !

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com