गजल I



भोक लाग्दा हालिदियौ मुखैभरि चारा
तिर्खा लाग्दा बगाईदियौ दूधका धारा

बचाउन सन्तान् आफ्ना हाड खुबै घोट्यौ
ढुङ्गा माटो सबै मुछ्यौ गर्यौ काम गाह्रा

रुदाँ संगै रोयौ तिमी हाँस्दा संगै हाँस्यौ
यस्तो माया गर्यौ तिम्ले संसार् भुलें सारा


पानी पर्दा ओत बन्यौ घाम लाग्दा छाँया
कसरी म तिरौं तिम्रो परिश्रमको भारा

म'बिना' खल्लो लाग्थ्यो दुनियाँ यो तिम्लाई
तिम्रो लागि म नै थिएं जून अनि तारा

बिना तामाङ 'सुनगाभा'
काठमाण्डौं

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com