रुनै परे चुपचापै रोईदिन्छु बरु
छुनै परे त्यो मुटुनै छोईदिन्छु बरु
तिम्रै हुँ म विश्वास गर पहिले आफैमाथि
अनि देख्छौ सारा संसार चोखो फूलपाती
माग मात्रै तिम्रै जीवन् होईदिन्छु बरु
छुनै परे त्यो मुटुनै छोईदिन्छु बरु
होला म मा कमजोरी रुखो पनि बोल्छु
तर पनि जीन्दगीका पानाहरु खोल्छु
भन मात्रै मन्का क्लेश धोईदिन्छु बरु
छुनै परे त्यो मुटुनै छोईदिन्छु बरु
रुनै परे चुपचापै रोईदिन्छु बरु
छुनै परे त्यो मुटुनै छोईदिन्छु बरु
राजेश रुम्बा लामा 'अतृप्त'