संगैका त्यो मायालु साथहरु काँप्दछ
लेख्छु भन्छु जीन्दगी हातहरु काँप्दछ
वर्षा यति हुन्छ म मा पीडाहरुको
त्यसैले त दु:खका खातहरु काँप्दछ
कयौं दु:ख भोगीसके बाँकी के नै छ र?
भोगीसक्या निष्ठुरी रातहरु काँप्दछ
विशाल त्यो वृक्ष मुटुमै अटाउँथें
के के भो खै कुन्नी? पातहरु काँप्दछ
बलियो छ सम्बन्ध भन्ने म सोच्दथें
भ्रमै रै'छ साथीकै गाथहरु काँप्दछ
बिना तामाङ 'सुनगाभा'
काठमाण्डौं