ममीको सम्झनासँगै नेपालीको अवस्था - रूसा पाठक I


बाबा, ममीको आर्थिक कमजोरीको कारण भनौ या देशको बिग्रदो परिस्थिको कारण आज जन्म दिने ममी को काखा बाट टाढिएर बस्न बाध्य भएको पनि ६ बर्ष ६ महिना भयो । ममीलाई बिदाई गरेको त्यो कहाली लाग्दो दिनलाई भुलेर ममी आउने खुसीको दिनलाई पर्खिरहेछु ।

त्यो दिनको कल्पना गरिरहेछु । मेरो मनका कुरा, ममीसंग टाढा रहँदाको सम्पूर्ण अनुभव घरको जिमेवारी ममीलाइ बिसाउने दिन कहिले आउला भनेर पर्खिरहेछु ! हुनत यो पिडा मैले मात्र भोगेको होइन मेरो भाई लगायत हजारौ दाजु भाई ,दिदि बहिनीले भोगिरहनु भएको छ । आज मेरो मनमा धेरै प्रश्नहरू खडा भएको छन ।

के हामीले गरिब बाबा ममी को कोखमा जन्मिएको सजाए भोग्नुपरेको होत ? हामी हाम्रो ममीको न्यानो काखको मायाबाट कहिले सम्म बन्चित हुने त ? देशमा नै रोजगारी पाएको भए मेरो ममी जस्तै लाखौ नेपाली महिलाहरु बिदेशिन बाध्धे हुनुपर्ने थिएनकि ?देशमा राजनीतिक अस्थिरता को कारण हामीहरुले पनि आजै देखि विदेशिने सपना देख्नु पर्ने होत ?

होइन पक्कैपनि म विदेशिने सपना कहिले देख्दिन ,किनकी म मेरो देश र यहाको माटोको धेरै माया गर्छु, मेरो १ थोपा पसिना खसेपनि यो मेरो मातृ भूमिको माटो मोलिलो हुनेछ,मेरो १ थोपा आसु खसे पनि मेरो मातृ भुमि कै लागि खस्ने छ ,हुनत हरेक व्यक्तिको आफ्नो आफ्नो सोचाई हो ,मेरो सोचाई संग अरु कसैको सोचाई नमिल्न पनि सक्छ , आज सम्पूर्ण नेपालीहरुले योकुरामा गम्भीर भएर सोच्न पर्ने बेला भएको छ र नेपाल सरकारले बैदेशिक रोजगारको लागि भन्दा आफ्नै देशमा रोजगारी को व्यवस्था मिलाइदिए सबै नेपाली ले आफ्नो परिवार संग बिछोडीन पर्नी थिएन कि ?नेपाल का राजनीतिज्ञ र बुद्दिजिबी हरु संग म यहि आग्रह गर्दछु !

अन्तमा ,आमा भएर पनि टुहुरा टुहुरी जस्तै जिन्दगि बिताइरहेका सम्पूर्ण दाजुभाई दिदि बहिनि हरुलाई के भन्न चाहन्छु भने हाम्रो ममी हरु हामी बाट टाढा हुदा हामी भन्दा दुखि हुनुहुन्छ ,र वहाहरु हामीहरुको सुन्दर भबिष्य को लागि कष्टकर जिन्दगि बितैरहनु भएको छ ,वहा हरुको सपनालाई साकार पार्दै,हाम्रा अग्रज हरुले गरेका राम्रा काम लाई निरन्तरता दिदै एउटा सुन्दर नेपाल को कल्पना गर्न शुरु गरौ !

रूसा पाठक, नेपाल
धन्यवाद

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com