Pushpa Shrestha
cnnenews
बैदेशिक रोजगारीका लागी ईजरायलमा कार्यरत आदिबासी जनजातीले प्रवासमा रहेर पनी आफनो हक अधिकार सुरक्षित गर्नका लागी आदीबासी जनजाती महासँघ केन्द्रिय समिती मार्फत नेपाल सरकार लाई दवाब दिने उद्धेश्यले तेन्जीङ शेर्पा (दोलखा)को अध्यक्षतामा तर्दथ समितीको गठन गरेको छ ।
सो समितीमा उपाध्यक्षमा नेहा गुरुङ्ग र जयराम घले,महासचीव सुन्दर सिँ लामा तमाङ्ग सचिवमा तेज बहादुर श्रेष्ठ, केाषध्यक्ष टिका गुरुङ्ग,सदस्यहरुमा लिला लिम्बु,दोर्जो पाख्रीन,अम्रिता लिम्बु,कुमार राई,प्रेम गुरुङ्ग,दिल पुन मगर र आङ्ग दावा शेर्पा रहनु भएको छ । सो समितीले ३ महिना भित्र ईजरायलमा कार्यरत आदीबासी जनजातीको बृहत भेला गराई निर्वाचन द्धारा पुर्ण कालीन कार्यसमितीको चयन गर्ने समेत निर्णय गरेको छ ।
यसका लागी तर्दथ समितीले ईजरायलमा रहेका आदीबासी जनजाती र ईजरायलमा रहेका सँघ सस्था,सञ्चार माध्यम, लगाएत बुद्धिजिवीहरु सँग अगामी ३ महिनामा गर्ने भनिएको आम भेलालाई सफल बनाउन समन्वय गरि अगाडी बढन भेलाले तदर्थ समितीलाई सुजाव दिएका थिए ।